२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटका अध्यक्षसहित नेवि संघका नेताहरु थुनामा



अ+ अ-

काठमाडौ । आज बिहान क्याम्पसअगाडि विरोध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघको घोषित कार्यक्रमअनुसार विभिन्न क्याम्पसहरुमा विरोध प्रदर्शन गर्ने क्रममा नेपाल विद्यार्थी संघ नुवाकोटका अध्यक्ष उत्तम पाठक पक्राउ परेका छन् ।

उनीसहितका अरु पनि नेवि संघका नेताहरुलाई बिहान काठमाडौँको नेपालटारबाट पक्राउ गरेको थियो । अहिले उनीहरुलाई बालाजु चौकीमा थुनामा राखेको पाठकले बताए ।

नेपाल विद्यार्थी संघको विरोध कार्यक्रमबाट अध्यक्षसहित अरु पनि विभिन्न नेताहरुलाई पक्राउ गरी थुनामा राखिएको नेपाल विद्यार्थी संघले जनाएको छ ।

पक्राउ पर्नेमा अध्यक्ष उत्तम पाठकसहित सन्तोश अधिकारी , सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारी, रसुवाका अध्यक्ष सालिग्राम अधिरकारी, ग्रामीण क्याम्पसका राजु अधिकारी, ग्रामीण क्याम्पसका नेता सुभास अधिकारी तथा पबन थापा, चन्द्र रावत, बासुदेब अधिकारी, मातृका उपाध्याय, सिलास थापा तमाङ, सुसान्त सिटौला, राजन ढकाल, किरन भट्टराई, धन बहादुर साही, दिपेन्द्र ढकाल, सन्तोश गुरुङलगायतका रहेका छन् ।

यसैबीच भर्खरै प्राप्त समाचारअनुसार ती विद्यार्थी नेताहरुलाई हस्ताक्षर गराएर रिहा गर्ने भनी तयारी गरेको र रिहा भएको भनी हस्ताक्षर गराएको भए पनि चौकीका प्रमुखको आदेशमा पुनः पक्राउ गरिएको नेपाल विद्यार्थी संघका नेना सन्जिव अधिकारीले जानकारी दिए ।

नेवि संघले आज विहानैदेखि काठमाडौँका विभिन्न स्थानमा विरोध गरिरहेको छ । त्यस्तै आजै दिउँसो पनि नेपाल महिला संघ र नेपाल तरुण दलले विरोधका कार्यक्रमहरु राखेको छ ।

नेपाली काँग्रेसले सरकारका विरुद्धमा आन्दोलन गर्ने घोषणा गरिसकेको छ । सोही बमोजिम नेपाली काँग्रेसका भातृ संगठनहरुले पनि आन्दोलन गरिरहेका छन् ।