३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक प्रहरीबाट ७१२ नागरिकको सुरक्षा



अ+ अ-

जुम्ला । जुम्लामा एक प्रहरीले ७१२ नागरिकलाई शान्ति सुरक्षा दिने दिनुपर्ने बाध्यता रहेको छ । यहाँ ३०५ को दरबन्दी भए पनि २२० मात्र प्रहरीको सङ्ख्या रहेको छ । जिल्लामा ८५ प्रहरीको दरबन्दी रिक्त रहेको प्रहरी नायब निरीक्षक सीताराम रिजालले बताए ।

उनले दरबन्दी अनुसारका प्रहरी जवान नहुँदा शान्ति सुरक्षामा खटनपटनमा चुनौती रहेको बताए । हिउँदको समयमा जुम्लामा अत्यधिक चिसो हुने भएकाले थप समस्या सामना गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसोको समयमा समस्या नभए पनि रातको समयमा भने सुरक्षामा कठिनाइ हुने गरेको प्रहरी निरीक्षक प्रकाशकुमार केसीले बताए ।