१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्यौता नतिर्ने दुरसंचार सेवा प्रदायक कम्पनिको लाइसेन्स खारेज हुने



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङले बक्यौता नतिर्ने दुरसंचार सेवा प्रदायक कम्पनिको लाइसेन्स खारेज गर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बिकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सचिव गुरुङले स्मार्ट टेलिकम, नेपाल स्याटलाईट टेलिकम, सीजी नेपाल लगायतका कम्पनिले पटकपटक बक्यौता तिर्न आह्वान गरेपनि अटेर गरेको भन्दै अब पनि अटेर गर्नेको लाइसेन्स खारेज गरिने बतचाएका हुन् ।

उनले लाइसेन्स खारेजीको प्रक्रिया अघि बढिसकेको र अब छिटै खोरेजी गरिने बताएका हुन् ।

प्राधिकरणका अनुसार स्मार्ट टेलिकमको मात्रै १ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी र नेपाल स्याटेलाइट कम्पनीको ६९ करोड ४२ लाख रुपैयाँ भन्दा बढी बक्यौता रहेको छ ।