१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयद्धारा आधा दर्जन टिपरमाथि आगजनी



अ+ अ-

बिराटचौक । मोरङको बिराटचोकमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बिराटचोक सुन्दरहरैचा नगरपालिका ११ सिसौघारी बस्ने ११ बर्षिया लक्ष्मी ढकाल रहेकी छिन् ।

सोमबार मोरङको बिराटचोकबाट बिराटनगर तर्फ जाँदै गरेको ना ३३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट ढकालको घटनास्थलमै मृत्यु भएको हो । बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले अहिले सम्म ७ वटा ट्रिपर जलाएका छन् ।

ठक्कर दिई भागेको टिपर आफै अनियन्त्रित भई रुखमा ठोक्किएपछि स्थानीयले सोही ठाँउमा गई आगो लगाएका थिए । चालक फरार रहेको र टिपर पुर्णरुपमा जलेको ईलाका प्रहरी कार्यलय बेलबारीका सई महेन्द्र पराजुलीले बताएका छन ।

प्रहरीका अनुसार ६ वटा टिपर र एकवटा ट्रक जलाईसकेको र भिड नियन्त्रण गर्न सकिएको छैन् ।

उनीहरुले शवलाई सडकमा राखेर अहिले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनले सुन्दरहरैंचा तनावग्रस्त बनेको छ ।

अवस्था तनावग्रस्त बनेपछि त्यसको नियन्त्रणका लागि अहिले प्रहरी परिचालन गरिएको छ ।