३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गली हात्तीद्वारा घरमा तोडफोड



अ+ अ-

राजविराज । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति तीन दर्जन बढी घरमा तोडफोड गरेर क्षति पुर्याएको छ ।

जिल्लाको अग्निसाइर कृष्णासवर र रुपनी गाउँपालिकामा जङ्गली हात्तीले तीन दर्जन घरमा क्षति गरेको स्थानीय वृजमान तामाङले जानकारी दिनुभयो । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहले रुपनी गाउँपालिका–६ का वीरबहादुर तामाङको घर भत्काउँदा रु ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

हात्तीले तामाङको घरमा रहेको अन्नपात, फर्निचर र घर पूर्णरूपले क्षति पु¥याएको छ भने गणेशबहादुर मगर, रत्नमाया राई, हरिलाल चौधरी लगायतका दर्जनौँ व्यक्तिको घरमा तोडफोडसमेत गरेको स्थानीयवासीले बताएका छन् ।

छ वटाको समूहमा आएका जङ्ली हात्तीले अग्निसाइर कृष्णा सवरन गाउँपालिका–२ का बलबहादुर राईको एउटा घर पूर्णरुपमा क्षति गरेको तमाङले बताउनुभयो ।

राईको घर भत्काएर चामल, कोदो, मकै र घरभित्र रहेको भाँडाकुडासहितको सामान नष्ट गर्दा करीब रु एक लाख बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

जङ्ली हात्तीको समूहले एक हप्ताभित्रमा २८ वटा घरमा क्षति गर्नुको साथै किसानले लगाएको लाखौँ मूल्यका गहुँबालीसमेत नष्ट गरेको गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताउनुभयो ।