१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमरण अनसन छोड्नुस्, वार्तामा आउनुस् : शिक्षा मन्त्र पोखरेल



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसन छोड्न डा.गोविन्द केसीलाई पुनः आग्रह गरेका छन्।

मन्त्री पोखरेलले संसदले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई स्वागत गरेर अघि बढदा नै डा. केसीको पनि सम्मान हुने तर्क समेत गरे।

सोमबार राष्ट्रियसभाको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ टेबल गरेपछि मन्त्री पोखरेलले विधेयक विधि र प्रक्रियाभित्रै रहेर पारित गराउने स्पष्ट पारे। उनले डा। केसीले संसदीय विधि र प्रक्रियामाथि बाधा पार्ने काम गर्न नहुने तर्क गरे।

मन्त्री पोखरेलले डा. केसीको मूलभूत मागलाई समेटिएर विधेयक आएको उल्लेख गर्दै त्यसमा केही कमजोरी भए संशोधन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे।

मन्त्री पोखरेलले डा.केसीको जीवन रक्षाका लागि सरकारले इलामबाट काठमाडौं ल्याएर उपचार गरिरहेको पनि स्पष्ट पारे।