२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरपालिकामा अनौठो रैनक : सडक सफा गर्ने ब्रुमर, उज्यालो बनाउन ‘मेयर उज्यालो कार्यक्रम’



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी फागुन महीनाभित्र सडक सफा गर्ने ब्रुमर ल्याउने भएको छ । कामपाले आज पत्रकार सम्मेलनमा आगामी फागुन महीनाभित्र ब्रुमर (यान्त्रिक कुचो) ल्याइसक्ने जानकारी गराएको हो ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार रु १२ करोडमा पाँच बु्रमर इटलीबाट ल्याइनेछ । हाल कामपामा प्रयोगमा रहेको एक र मर्मत गर्नुपर्ने दुई ब्रुमर छन् ।

कार्यक्रममा मनोहरा खोला आसपासको जग्गा एकीकरणअन्तर्गत नदीको दायाँबायाँ पर्खाल लगाउने काम भइरहेको, उक्त स्थानका ६१ ग्यारेजलाई हट्न निर्देशन दिइएको र कमलपोखरी पुनःनिर्माणका लागि बोलपत्र आह्वान प्रक्रियामा गएको पनि जानकारी गराइएको थियो ।

कामपामा सबै वडा कार्यालयको आफ्नै भवन बनाउन चालू आर्थिक वर्षमा रु २५ करोड बजेट विनियोजन गरिएको छ । वडा नं ६ र ७ को भवन निर्माणाधीन अवस्थामा रहेको तथा वडा नं १८ र २६ को हालै शिलान्यास भएको छ । वडा नं ४, ८, ९ र १४ को कार्यालय भवन निर्माणका लागि खरीद प्रक्रियामा पुगेको प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो ।

‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत सबै वडाबाट आठ हजार ५०० थान बत्तीको माग भएकामा ६५० थान बत्ती जडान भइसकेको छ । आकाशे पुल निर्माणका लागि चालु आवमा रु १२ करोड बजेट छुट्याइएको छ । दुई स्थानान्तरण गर्न सकिने आकाशे पुलको डिजाइन तयार भइसकेको र निर्माणको चरणमा रहेको छ ।