३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबान वार्ताबारे अफगान सरकारलाई जानकारी



अ+ अ-

काबुल । अफगानिस्तानको राष्ट्रपतिको कार्यालयले अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा तालिबान विद्रोही समूहसँग भएको हालैको वार्ताबारे जानकारी गराउनुभएको जनाएको छ ।

विशेषदूत खलिलजादले वार्ताको प्रगतिका बारेमा राष्ट्रपति अस्रफ घानी र अरु अफगान सरकारी अधिकारीलाई जानकारी गराउनुभएको जनाइएको छ ।

राष्ट्रपतिको कार्यालयले तालिबानसँग युद्धबिराम गर्ने बारेमा वार्ता केन्द्रित भएको जनाएको छ तर उक्त विषयमा अझै केही प्रगति भएको छैन ।

विदेशदूत खलिलजाद वा अमेरिकी दूतावासले अफगान राष्ट्रपतिको कार्यालयको टिप्पणीप्रति केही उल्लेख गरेको छैन ।

तालिबानसँगको वार्तामा महत्वपूर्ण प्रगति भएको भनी अमेरिकी विशेषदूतले गत साता बताउनुभएको थियो, तर राष्ट्रपतिको कार्यालयले उक्त दाबीप्रति सचेततापूर्वक प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति घानीले अफगान सरकार र तालिबानबीच मध्यस्थता गराउन अमेरिकी विशेषदूतले गर्नुभएको प्रयत्नप्रति धन्यवाद दिँदै आभार व्यक्त गर्नुभएको पनि राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तालिबानले अफगान सरकारसँग नभई अमेरिकी प्रतिनिधिसँग मात्र वार्ता गर्ने अडान राख्दै आएका छन् ।