२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारस पाटनमा पुग्दा‍‍‍‍………..त्यसपछि हृदयघात



अ+ अ-

ललितपुर । पूर्वयुवराज पारस शाहको करिब एक घन्टाको पाटन बसाइ सोमबार धेरैका लागि चासोको विषय बन्यो। विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित महादेव मन्दिर र हिरण्यवर्ण महाविहारको पूजा गर्न उनी पाटन गएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

अपरान्न १२ बजे मंगलबजारस्थित दरबार क्षेत्रमा आइपुग्दा शाहलाई स्वागत गर्नेको भीड बाक्लिएको थियो। शाहको प्रतिक्षामा बिहान १०ः१५ देखि मंगलबजारमा जमघट शुरू भएको थियो। शाहलाई सुरक्षा दिन ललितपुरका विभिन्न स्थानबाट युवाको अलग–अलग समूह आएको थियो।

२० मिनेटसम्म पुजा गरेपछि शाह हिँडेर करिब ३ सय मिटर पर रहेको हिरण्यवर्ण महाविहार गएका थिए ।

यता पूर्वयुवराज पारस शाह हृदयघातका कारण नर्भिक अस्पताल भर्ना भएका छन् । पाटनमा डेढ घन्टाअगाडि पूजामा व्यस्त भएका उनलाई एक्कासि छाती दुखेपछि आफन्त शीतल सिंहले अस्पताल भर्ना गराएका थिए ।

पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरेको बताइएको छ। एन्जियोप्लास्टीपछि मुटुको भल्व खोल्न सफल भएकाले स्वास्थ्यमा सामान्य सुधार आएको अस्पतालले जनाएको छ । पारसलाई योसहित तेस्रोपटक हृदयघात भएको हो।