१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सुनकाण्डमा रक्षाकवच बन्दै कांग्रेस, वाइडीबडी प्रकरणमा पनि चुप !

सुनकाण्डमा रक्षाकवच बन्दै कांग्रेस, वाइडीबडी प्रकरणमा पनि चुप !
अ अ+ अ-

काठमाडौं । सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले आन्दोलित छ । सरकारका विभिन्न निर्णयसहित भष्ट्रचारविरुद्ध भनेर सुरु गरेको आन्दोलनमा कांग्रेसले निकै चर्चित दुई मुद्दा उठाएको छैन । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।

आफ्ना दुई पूर्व सभापतिको नाममा रहेका अस्पताल संघको मातहतमा नराखेको भन्दै आन्दोलन सुरु गरे पनि मुख्यत उसको माग डा। गोविन्द केसीको मुद्दामा जोडिएको छ । आफ्ना ६ वटा बुदाँमध्ये पहिलो बुँदामै केसीका माग पूरा हुनुपर्ने माग केन्द्रीय कार्यसमितिबाट गराएको छ ।

तर, अस्पतालका विषय भने दोस्रो नम्बरमात्रै राखेको छ । कांग्रेसले आन्दोलन गर्ने भनिए पनि मुख्यतः दुई विषय सुनकाण्ड र वाइडबडी खरिद प्रकरणमा भएको भनिएको अनियमितताबारे कुरै उठाएको छैन । वाइडीबडी प्रकरणमा सभापति शेरबहादुर देउवा नै मुछिएपछि सो मुद्दाबाट ऊ पछि हटेको हुन सक्छ । तर, सुनकाण्डमा कांग्रेस किन संसद् र सडकमा बोल्दैन रु यो आफैँमा आश्चर्यको विषय बनेको छ ।

कांग्रेसले अन्य विषयलाई जोडतोडका साथ उठाए पनि सुन काण्डमा तै चुप मै चुपको अवस्थामा रहेको छ । यो काण्डको गृह मन्त्रालयले छानबिन समिति बनायो । छानबिन समितिले ७ सय ५२ पृष्ठ लामो प्रतिवेदन बुझायो । तर, उसले पनि आफ्नो अपूरो अर्थात् ३८ क्विन्टल सुन तस्करी कुन समूहले गरेको र त्यसको नाइके को हो भन्ने कुरा नै नखुलाई बुझाएको हो ।

राजनीतिक दबाबका कारण सो प्रतिवेदन लुकाइएको र छानबिन पनि पूर्णरूपमा गर्न नदिइएको समितिका एक सदस्यले जानकारी दिएका छन् । उनका अनुसार हुन्डी कारोबारी विमल पोद्दार जो अर्का चर्चित व्यवसायी दिपक मल्होत्राका व्यापारिक साझेदार हुन्, उनी प्रक्राउ परेपछि घटनाले नयाँ मोड लिने वेला म्याद सकिएको बताउँछन् ।

उनको भनाइ र पछिल्लोपटक दलहरूको मौनताले राजनीतिक कनेक्सन रहेको अनुमान लगाउन सकिने जानकारहरू बताउँछन् । राजनीतिक तहभन्दा मुनि बसेर मल्होत्राले काम गरेको आशंका प्रहरीकै उच्च स्रोतले पनि जानकारी दिएको छ ।

मल्होत्रा ०५४ साल मै संसदीय छानबिन समितिले दोषी आरोप लगाउँदै थप अनुसन्धान गर्न निर्देशन दिएको थियो । तर, त्यस बेला पनि सो निर्देशन कार्यान्वयन भएन र अहिले पनि सोही विन्दुमा पुगेपछि छानबिन समितिको म्याद नै सकियो । जसले गर्दा मल्होत्रा जोगाउने यो खेल त भइरहेको छैन भन्ने आशंका रहेको अनुसन्धानमै खटिएका प्रहरीका पूर्व अधिकारीहरूको भनाइ छ । ‘सरकार र राजनीतिक दलले चहाने हो भने सबै कनेक्सन बाहिर आउन सक्छ’ ति अधिकारीले भने, ‘तर, दुवैलाई त्यसप्रति कुनै चासो रहेको देखिँदैन ।’

गृह मन्त्रालयको छानबिन समितिले भने अनुसार हुने हो भने नेपालको वार्षिक बजेटभन्दा बढी सुन तस्करले सुन ल्याएका छन् । जुन समितिले थाहा पाएको विषय मात्र हो । त्यस्ता, धेरै समूह सक्रिय रहेको हुन सक्ने आशंका समितिले पनि गरेको छ । सो समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन अहिलेसम्म पनि सार्वजनिक भएको छैन् भने त्यसमा कुनै पनि थप अनुसन्धान सरकारी तवरबाट भएको छैन ।

यद्यपी यो समूहमा काम गर्ने मध्यम र तल्लो तहमा जोडिएका व्यक्तिविरुद्ध अहिले पनि मुद्दा चलिरहेको छ । जुन मुद्दामा गलत आदेश दिएको हुन सक्ने आशंकामा न्याय परिषद्ले मुख्य न्यायाधिशसहित ६ न्यायाधीशलाई कारबाही गर्दै तानेको छ । जसले गर्दा यस काण्डमा न्यायक्षेत्र पनि मुछिएको हुन सक्ने आशंका गरिएको छ ।

सरकारले गल्ती कमजोरी गरे प्रतिपक्षले यो विषयमा आवाज उठाउनु उसको धर्म हो । सुन काण्डको सुरु सुरुमा पनि कांग्रेसले धेरै प्रश्न उठायो सार्वजनिक मञ्चबाट । तर, आधिकारिक रूपमा अहिलेसम्म उठाएको छैन । उसले सडक र सदन आन्दोलन गर्दा पनि आम चासो र सरोकारको विषय रहेको यस मुद्दामा मौन बस्नु आफैँमा रहस्यमय देखिन्छ

समितिको प्रतिवेदनमा सुन तस्करी काण्डमा अझै तीन सयभन्दा बढीको संलग्नता रहेको र उनीहरूको नाम नै किटेर कारबाहीको दायरामा ल्याउनसमेत आग्रह गरेको छ । तर, मुख्य दोषी मल्होत्राको नाम किटिएको छैन । उनलाई नै उन्मुक्ति दिन सो प्रतिवेदन गुपचुप राखिएको स्रोतको दाबी रहँदै आएको छ । अब थप अनुसन्धान भए व्यक्ति पक्राउ पर्ने पहिलो मल्होत्रा नै हुने उसको दाबी रहेको छ ।