१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमै नक्कली कलेज, रातारात मालिक बने करोडपति !



अ+ अ-

काठमाडौँ । देशको सिस्टम यति कमजोर छ कि देश र जनतालाई ठगेर गलत बाटोबाट सजिलै कोही व्यक्ति रातारात करडोपति बन्न सक्ने अवस्था छ । प्रहरीले हालै गरेको केही अनुसन्धानले यस्तै भन्छ ।

एक समूहले अरुको नागरिकतामा कम्पनी खोलेर ७८ करोड रुपैयाँ ठगी गरे । जसमा संलग्न चार जनालाई सीआईबीले पक्राउ गर्यो । तर, उनीहरुको पैसा भेटिएको छैन । अहिले सीआईबीले अर्को एउटा ठगी घटनाको अनुसन्धान गरिरहेको छ, जसमा नक्कली कलेज खोलेर केही व्यक्तिहरुले करोडौं कमाएको खुलेको छ ।

ललितपुरको लगनखेलमा इन्टनेशनल इन्टिच्यूट अफ होटल म्यानेजमेन्ट (आईएचएम) नामक कलेज स्थापना गरिएको छ । पोल्याण्डको विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भनेर प्रचार गरी विद्यार्थीलाई लोभ्याउने काम भएको छ । यूरोपको विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज भनेपछि यूरोप जान सहज हुने ठानेर विद्यार्थीहरु त्यहीँ पढे । तर, जब यूरोप जाने प्रयास गर्दा थाहा भयो, त्यो विश्वविद्यालयबाट कलेजले सम्बन्धन नै प्राप्त गरेका छैनन् । यो समाचार दृष्टि साप्ताहिकमा प्रकाशित छ ।

सुरुमा पीडित विद्यार्थीहरु ललितपुर प्रहरीमा गए । तर ललितपुरले यति गम्भीर विषयमा छानविनको चासो दिएन । त्यसपछि सिटिइभिटीमा गए । उसले पनि कलेजबाट पैसा बुझिरहेको थियो, जसका कारण सिटिइभिटीले पनि कारबाहीमा चासो लिएन । पछि घटना सिआईबीमा पुगेपछि अनुसन्धान गर्दा अवस्था निकै भयान रहेको देखियो । एकातर्फ सिटिईभिटीबाट थोरै कोर्षको सम्बन्धन लिएर धेरै कोर्ष बढाएको सर्टिफिकेट विरतण गरिउको थियो । यसरी उनीहरुले ३० वटा ब्याच उत्पादन गरिसकेका छन् । कलेजलले ६ महिने कोर्षको लागि प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म लिने गर्दथे । यसरी उनीहरुले १२ करोड रुपैयाँसम्म कमाएको प्रहरी अनुसन्धानमा देखिन्छ ।