• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा ★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य ★   श्रीमानको असार १५ ★   उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार ★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसँग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

राजधानीमै नक्कली कलेज, रातारात मालिक बने करोडपति !



काठमाडौँ । देशको सिस्टम यति कमजोर छ कि देश र जनतालाई ठगेर गलत बाटोबाट सजिलै कोही व्यक्ति रातारात करडोपति बन्न सक्ने अवस्था छ । प्रहरीले हालै गरेको केही अनुसन्धानले यस्तै भन्छ ।

एक समूहले अरुको नागरिकतामा कम्पनी खोलेर ७८ करोड रुपैयाँ ठगी गरे । जसमा संलग्न चार जनालाई सीआईबीले पक्राउ गर्यो । तर, उनीहरुको पैसा भेटिएको छैन । अहिले सीआईबीले अर्को एउटा ठगी घटनाको अनुसन्धान गरिरहेको छ, जसमा नक्कली कलेज खोलेर केही व्यक्तिहरुले करोडौं कमाएको खुलेको छ ।

ललितपुरको लगनखेलमा इन्टनेशनल इन्टिच्यूट अफ होटल म्यानेजमेन्ट (आईएचएम) नामक कलेज स्थापना गरिएको छ । पोल्याण्डको विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भनेर प्रचार गरी विद्यार्थीलाई लोभ्याउने काम भएको छ । यूरोपको विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज भनेपछि यूरोप जान सहज हुने ठानेर विद्यार्थीहरु त्यहीँ पढे । तर, जब यूरोप जाने प्रयास गर्दा थाहा भयो, त्यो विश्वविद्यालयबाट कलेजले सम्बन्धन नै प्राप्त गरेका छैनन् । यो समाचार दृष्टि साप्ताहिकमा प्रकाशित छ ।

सुरुमा पीडित विद्यार्थीहरु ललितपुर प्रहरीमा गए । तर ललितपुरले यति गम्भीर विषयमा छानविनको चासो दिएन । त्यसपछि सिटिइभिटीमा गए । उसले पनि कलेजबाट पैसा बुझिरहेको थियो, जसका कारण सिटिइभिटीले पनि कारबाहीमा चासो लिएन । पछि घटना सिआईबीमा पुगेपछि अनुसन्धान गर्दा अवस्था निकै भयान रहेको देखियो । एकातर्फ सिटिईभिटीबाट थोरै कोर्षको सम्बन्धन लिएर धेरै कोर्ष बढाएको सर्टिफिकेट विरतण गरिउको थियो । यसरी उनीहरुले ३० वटा ब्याच उत्पादन गरिसकेका छन् । कलेजलले ६ महिने कोर्षको लागि प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म लिने गर्दथे । यसरी उनीहरुले १२ करोड रुपैयाँसम्म कमाएको प्रहरी अनुसन्धानमा देखिन्छ ।