१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसमा भद्रगोल, देउवाले दिए पौडेललाई दनक



अ+ अ-

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ मा पार्टीको १४ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले महाधिवेशनको तालिका प्रस्ताव गरे पनि सभापति शेरबहादुर देउवाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।

देउवाले साढे ५ वर्षमा मात्रै महाधिवेशन हुने बताए । ‘उहाँले ९पौडेल० पढ्नुभयो, सकियो । महाधिवेशन साढे ५ वर्षमा मात्रै हुन्छ,’ देउवाको भनार्ई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।

अग्रिम महाधिवेशनको माग गर्दै पौडेल पक्षले देउवाको जवाफबाट असन्तुष्ट बनेको छ । पौडेलले कार्यकाल बढाउनु अनैतिक हुने भन्दै आलोचना गरेका छन् । आजको नेपाल समाचारपत्रमा खबर रहेको छ ।