१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

२७ अर्ब अमेरिकी डलरको व्यापार घाटा



अ+ अ-

हङकङ । हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७.३ प्रतिशतको वृद्धि भएको सोमबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ ।

गत बर्ष आयात भएका सामानहरूको मूल्य दरमा ८.४ प्रतिशतको वृद्धि देखिएको छ भने निर्यात सामानको मूल्यमा ७.३ प्रतिशतको वृद्धि देखिएको चीन हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी जनगणना तथा तथ्याङ्क विभागले जनाएको छ ।

यसबाट हङकङलाई सन् २०१८ मा ७२ अर्ब २२ करोड अमेरिकी डलर बराबरको व्यापार घाटा भएको छ । सरकारका प्रवक्ताले गत बर्षको शुरूको समयमा कारोबारमा मजबुत नतिजा देखिएको बताए । सामान निर्यातका र आयात दुवैमा गत बर्ष वृद्धि देखिएको हो ।

तर बर्षको अन्त्य अर्थात् डिसेम्बरमा हङकङको सामान कुल निर्यात र कुल आयातमा विगत दुई बर्षको तुलनामा क्रमशः तुलनामा ५.६ प्रतिशत र ७ प्रतिशतको न्यूनता देखिएको थियो ।

देखिने व्यापार घाटा डिसेम्बरमा ५१.२ हङकङ डलर अर्थात् आयात भएको सामानको मूल्यको १३.१ प्रतिशत रेकर्ड भएको छ ।

सन् २०१८ को चौथो चौमासिकमा अघिल्लो बर्षको तुलनामा निर्यात सामानको मूल्यमा ३.२ प्रतिशत कमी रहेको देखिएको छ भने आयात गरिएका सामानको मूल्यमा ५.१ प्रतिशतको ह्रास देखिएको छ ।