२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाटकीय शैलीमा दिपक मनाङेलाई सपथ



अ+ अ-

पोखरा । मनाङ ख बाट प्रदेशसभामा निर्वाचित दिपक मनाङे नामले चिनिने राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् ।


गुरुङलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले केहीबेर अघि साँझ प्रदेशसभा सदस्य पदको सपथ खुवाएका हुन् । जन निर्वाचित प्रतिनिधी भएकाले गुरुङलाई सपथ खुवाइएको सभामुख अधिकारीले बताए ।

सपथ ग्रहण पश्चात प्रदेश सभा सदस्य गुरुङले प्रदेश सदस्यका रुपमा काम गरि सरकारलाई सहयोग गर्ने बताएका छन् । सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भए लगत्तै गुरुङ्गले गत पुष ११ गते आफूलाई शपथ गराउन माग गर्दै प्रदेशसभामा निवेदन दिएका थिए । सर्वोच्चले गुरुङ्लाई जेलबाहिरबाटै मुद्दा लड्न पाउने गरी थुनामुक्त गर्न आदेश दिएको थियो ।