२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व यूवराज पारस शाहलाई सीसीयुमा सारियो, अझैं पनि खतरामुक्त भएनन्



अ+ अ-

काठमाडौं । पूर्व यूवराज पारस शाहलाई सी.सी.यु.मा सारिएको छ । शाहको मुटुको धमनी पूर्णरुपमा बन्द भएको कारण धमनी खुलाउन आज सी.सी.युमा सारिएको हो ।

शाहलाई सोमबार अपरान्ह ४ः१५ बजे तेस्रो पटक हृदयघात भएपछि काठमाडौँको थापाथलीमा mरहेको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो थोरै समय नर्भिकको आकस्मिक कक्षमा राखी जाँचपश्चात् उनलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियो ग्रामग गर्दा मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो ।

उनको उपचारमा प्रा.डा. यादवदेव भट्ट लगायत डा. जे.पी. जैसवाल, डा. नग्माश्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वलश्रेष्ठको टोली संलग्न रहेको जनाइएको छ ।

शाह अझैं पनि खतरामुक्त नभइसकेको अस्पतालले जनाएको छ। उनी केहीदिन हस्पिटलमै रहने जनाइएको छ।