३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

हिउँले गाउँ जाने बाटो पुरिएपछि अलपत्र गुर्जाली

हिउँले गाउँ जाने बाटो पुरिएपछि अलपत्र गुर्जाली
अ+ अ-

गलेश्वर । एक साताअघि काम विशेषले बेँसी झरेका म्याग्दी धौलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दा बाक्लो हिमपातका कारण गोरेटो बाटोसमेत पुरिएपछि घर फर्कन नसक्दा बीच बाटोमा नै अलपत्र परेका छन् ।

लुलान र गुर्जाका सिमानामा पर्ने देउरालीको करीब तीन किलोमिटर क्षेत्रमा चार फिटसम्म हिउँ जमेपछि बाटो अवरुद्ध भएको हो । घना जङ्गल रहेको सो क्षेत्रमा बाटो नपाएपछि २० भन्दा बढी गुर्जावासी मुना र लुलानमा नै बस्नुपरेको धौलागिरि गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता झकप्रसाद छन्त्यालले बताउनुभयो ।

अध्यक्ष छन्त्यालका अनुसार, बीच बाटोमा अलपत्र परेका व्यक्तिले गाउँमा रहेका आफन्तसँग समेत सम्पर्क गर्न सकेका छैनन् । हिमपातका कारण सञ्चार अवरुद्ध भएपछि गुर्जामा के भइरहेको छ भन्ने कसैलाई पनि जानकारी छैन । बीच बाटोमा भरिया र खच्चडसमेत अलपत्र परेका छन् । खाद्यान्नलगायतका आवश्यक सामान खच्चडमार्फत ढुवानी हुने गुर्जामा एक सातादेखि कुनै पनि सामान पुग्न सकेको छैन । त्यहाँ खाद्यान्नको समेत अभाव हुन थालेको आशङ्का गरिएको छ ।

वडाध्यक्ष छन्त्यालका अनुसार चरन क्षेत्रसमेत हिउँले पुरिएकाले पशु चौपाया र भेडाबाख्रा भोकै छन् । बाटोमा चट्टानजस्तो गरी हिउँ जमेको छ । आज १० बजेदेखि घाम लागेको छ । आज दिनभरि घाम लाग्यो भने हिउँलाई काटेर आपत्कालीन ट्याक बनाएर बाटो खुला गर्ने प्रयास गरिने छन्त्यालले जानकारी दिनुभयो ।

गुर्जाको तल्लो भेगका मानिस पनि हिमपातकै कारण शौचालयसम्म जान नसकेको बताइएको छ । हिमपातका कारण गुर्जावासीको जनजीवन अस्तव्यस्त बनेको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । वर्षासँगैको बाक्लो हिमपातका कारण गुर्जावासी कहर काट्न बाध्य भएका छन् । चिसोका कारण बालबालिका र वृद्धवृद्धाको दिनचर्या अत्यन्तै कष्टपूर्ण बनेको छ भने पशु चौपायासमेत भोकै गोठभित्र थुनिन बाध्य भएका छन् ।

हिमपातका कारण विद्युत् र सञ्चार सेवा पनि अवरुद्ध भएपछि गुर्जावासी अतास्यिएका छन् । हिमपातले स्थानीय इङ्गले खोला लघुजलविद्युत्को पोल ढालेसँगै सञ्चार तथा विद्युत् सेवा ठप्प भएको छ । विद्युत् तथा सञ्चार सेवा ठप्प भएसँगै स्थानीयले अँध्यारोमा रात कटाउन बाध्य भएका वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।