• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

ठेकेदारले धेरै ठेक्का दिँदा झोलुङ्गे पुल निर्माणमा ढिलाइ



काठमाडौँ । ठेकेदारले एउटैै समयमा एकभन्दा बढी निर्माणको ठेक्का लिँदा अधिकांश झोलुङ्गे पुल ठेक्का सम्झौतामा तोकिएको अवधिमा पूरा हुन सकेका छैनन् ।

कुन ठेकेदारसँग कुन ठेक्काको काम पूरा हुन बाँकी छ भन्नेकुृरा थाहा नहुने सस्पेन्सन बृज डिभिजनले जनाएको छ । कुनै पनि झोलुङ्गे पुलको ठेक्का सम्झौता गर्दा त्यो ठेकेदार कम्पनीसँग दक्ष प्राविधिकलगायत जनशक्ति कति छन्, उपकरण कति छ र काम गर्नका लागि बंैकमा जम्मा गरेको रकम ९सिड मनि० कति छ हेरेर मात्रै ठेक्का गर्ने गरिएको डिभिजनका इञ्जिनीयर हुमाकान्त मिश्रले बताउनुभयो ।

एउटै ठेकेदारले त्यही जनशक्ति, ‘सिड मनि’ र उपकरण देखाएर धेरै ठाउँमा कामको ठेक्का लिने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पुल, सडक, खानेपानीलगायत धेरै आयोजनाको ठेक्का लिएइको भए पनि हामीलाई ठेक्का दिनु पहिले जानकारी नै हुँदैन ।”

झोलुङ्गे पुल निर्माणमा ढिलाइका विभिन्न कारणमध्ये एउटै ठेकेदारको एकै समयमा धेरै ठेक्का हुनु नै रहेको र ठेकेदारले उपकरण र जनशक्ति अन्यत्र लैजाने गरेको जानकारी दिँदै इञ्जिनीयर मिश्रले एकपटक सम्बन्धित कार्यक्षेत्रबाट अर्को ठेक्का भएको ठाउँमा सामान र जनशक्ति लगेपछि फर्काउन समय लाग्छ भन्नुभयो ।
सडकको पहुँच अहिले नपुगेका र चाँडै पुग्ने सम्भावना कम भएका स्थानमा डिभिजनले झोलुङ्गे पुल निर्माण गर्दै आएको छ । यो वर्ष एकसय पुल निर्माण गर्ने योजना रहेको जनाइएको छ ।