२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका पूर्वरक्षामन्त्री जर्ज फर्नान्डिसको निधन



अ+ अ-

काठमाडौं । भारतका पूर्वरक्षामन्त्री जर्ज फर्नान्डिसको निधन भएको छ । फर्नान्डिसको मंगलबार विहान सात बजे दिल्लीको एक अस्पतालमा निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

मिडियाका अनुसार उनमा केही दिनदेखि स्वाइन फ्लूको संक्रमण देखिए पछि उनलाई अस्पताल भघर्ना गरिएको थियो । उनी लामो समयदेखि अल्जाइमर रोगबाट पनि पीडित थिए ।

भारतीय नेता अटल विहारी बाजपेयीको अगुवाईमा राष्ट्रिय जनतान्त्रिक गठबन्धको सरकार बनेको बेलामा जर्ज फर्नान्डिस रक्षामन्त्री बनेका थिए । उनी भारतको समता पार्टीका संस्थापकसमेत हुन् ।

३ जुन १९३० मा जन्मेका फर्नान्डिस नौ पटकसम्म लोकसभाको सांसद रहेका थिए ।