२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि बिदा नहुने



अ+ अ-

काठमाडौँ । प्रदेश नम्बर ३ सरकारले भोलि विदा दिने निणर्य गरेपनि काठमाडौँ उपत्यकामा विदा नहुने भएको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले बिर सहिदहरुको सम्झनामा (सहिद दिवस) को अवसरमा भोलि (बुधबार) सार्वजानिक बिदा दिने निर्णय गरेको थियो ।

यसका साथै मन्त्रीपरिषदले गठरेको विदाको निणर्य काठमाडौं उपत्यकामा लागू हुने वा नहुनेमा दुबिधा देखिएको छ।

प्रदेश ३ का आन्तरिक मामिला मन्त्री सालिकराम जमरकट्टेलले प्रदेशले दिएको बिदा प्रदेशभर लागू हुने बताए।
‘प्रदेशले सार्वजानिक बिदा दिएको हो, प्रदेशभर लागू हुन्छ,’ मन्त्री जमरकट्टेलले भने, ‘बिदाको निर्णय हामीले गृह मन्त्रालयमा बोधार्थसमेत दिएका छौं।’

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रदेशले दिएको बिदा काठमाडौं उपत्यकाबाहेक प्रदेशका अरू जिल्लामा बिदा होला, प्रदेशले दिएको बिदा काठमाडौं उपत्यकाका तीन जिल्लामा भने लागू हुने बताएका छन् ।

उनका अनुसार काठमाडौँमा भोलि विश्वविद्यालय, बैंकहरू केन्द्रमातहत रहेकोले बिदा नहुने बताए।