• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

लागुऔषधसहित दुई पक्राउ



काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना७ख ७०७३ नंको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ५११३ नंको बस जाँचका क्रममा महोत्तरीका १९ वर्षीय प्रविणकुमार पाण्डे र मकवानपुरका ३० वर्षीय विकास भोलनलाई आज दिउँसो पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले छुट्टाछुट्टै सवारी जाँचका क्रममा पाण्डेसँग ६०० ट्याब्लेट नाइट्राभेट र भोलनसँग ९० एम्पुल नुर्फिन, ९० एम्पुल फेनार्गन र ९० एम्पुल डाइजेल्याब बरामद गरिएको जानकारी दिए । पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि महानगरीय प्रहरीवृत्त थानकोट पठाएको छ ।