३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित दुई पक्राउ



अ+ अ-

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना७ख ७०७३ नंको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ५११३ नंको बस जाँचका क्रममा महोत्तरीका १९ वर्षीय प्रविणकुमार पाण्डे र मकवानपुरका ३० वर्षीय विकास भोलनलाई आज दिउँसो पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले छुट्टाछुट्टै सवारी जाँचका क्रममा पाण्डेसँग ६०० ट्याब्लेट नाइट्राभेट र भोलनसँग ९० एम्पुल नुर्फिन, ९० एम्पुल फेनार्गन र ९० एम्पुल डाइजेल्याब बरामद गरिएको जानकारी दिए । पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि महानगरीय प्रहरीवृत्त थानकोट पठाएको छ ।