१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

देशभरिबाट पराजय भोग्ने डरले नेविसंघ स्ववियु निर्वाचनबाट भाग्न खोज्यो : अध्यक्ष तामाङ

देशभरिबाट पराजय भोग्ने डरले नेविसंघ स्ववियु निर्वाचनबाट भाग्न खोज्यो : अध्यक्ष तामाङ
अ अ+ अ-

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशैभरिबाट पराजय भोग्ने भयले नेविसंघले चुनाव नचाहेको गम्भिर आरोप लगाएका छन् ।

उनले स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै आघात पुगेको बताए । उनले स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने पनि जोड दिए । उनले भने,‘निर्धारित मितिमै स्ववियुको निर्वाचन जरुरी छ भन्ने हामी ठान्दछौं । त्यहीअनुरुप विश्वविद्यालयले पनि यही फागुण १४ गते स्ववियुको निर्वाचन गर्नेगरि तयारी गरेको छ ।’

विश्वविद्यालयले सबै विद्यार्थी संगठनहरुलाई चाँडै बोलाएर स्ववियुको निर्वाचन बनाउन आग्रह गर्नेपनि उनले विश्वास दिलाए । उनले भने,‘स्ववियु निर्वाचन भयरहित, शान्त र लोकतान्त्रिक ढंगले सम्पन्न गर्ने हाम्रो दायित्व छ । हामी संगठनहरु पनि स्वस्थ, मर्यादित र लोकतान्त्रिक प्रतिष्पर्धाको निम्ति तयार छौं ।’

नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्नको लागि बहानीबाजी गरिरहको पनि उनको गम्भिर आरोप छ । देशभरिबाट पराजय व्यहोर्नुपर्ने हो कि भन्ने भयबाट नेविसंघले कहीँ न कहीँ काम गरेको आफूहरुले पाएको पनि उनले आरोप लगाए । उनले भने,‘त्यसैले नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्न बहानाबाजी गरेको देखिन्छ । तर, म पूर्णरुपमा भन्न चाहन्छु की नेविसंघजस्तो संगठन आफ्नो जिम्मेवारीबाट हट्छ भने यो शोभनीय हुँदैन् ।’

स्ववियु निर्वाचन निर्धारित मितिमा हुन नसके यो वर्ष निर्वाचन गर्न निकै कठिन हुनेपनि उनले तर्क गरे । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी मिलेको भय नेविसंघमा देखिएको सुनाउँदै तामाङले भने,‘कुनैपनि बहानामा स्ववियुको निर्वाचन स्थगित गर्नुहुँदैन् ।’ उनले आफूहरु दुई संगठन मिल्दा भय हुने हो भने फागुण १४ गतेसम्म आफूहरु एकता नगर्नपनि तयार रहेको उनले व्यंग्य कसे ।

उनले नेविसंघले कृत्रिम मुद्दा उचालेर र यो वा त्यो बहाना बनाएर स्ववियु निर्वाचनबाट भाग्न लागेको आफूहरुलाई संशय भएको पनि आरोप लगाए । उनले भने,‘तिललाइ पहाड नबनाउनुहोस् । म फेरि पनि दोहोर्याएर भन्छु स्ववियुको निर्वाचन निर्धारित मितिमा हुनुपर्छ ।’

निर्धारित मितिमै निर्वाचन गराउन आफूहरुले कदम चाल्नेपनि उनले जनाए । तामाङले भने,‘स्ववियुको निर्वाचन समयमै हुन सकेन भने विश्वविद्यालयको पदाधिकारी परिवर्तन होलान् । तर, स्ववियु निर्वाचनको मिति परिवर्तन हुँदैन् । क्याम्पस प्रमुखहरु परिवर्तन होलान्, तर निर्वाचनको मिति चेन्ज हुँदैन् ।’

प्रधानमन्त्रीले अहिले पक्राउ परेका नेविसंघका विद्यार्थीहरुलाई पनि रिहाई गर्ने र स्ववियु निर्वाचनको लागि शान्ति, सुरक्षाको वातावरण सरकारले बनाउँछ भनेर विश्वास दिलाईसकेको पनि तामाङले जानकारी गराए ।