२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी मुद्दामा दोषी ठहर भई फरार व्यक्ति जेल चलान



अ+ अ-

काठमाडौँ । ठगी मुद्दामा फरार भएका एक व्यक्ति आज जेल चलान गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुर महानगरपालिका–१३ का हेमबहादुर घलेलाई पक्राउ गरेको थियो। घलेलाई आजनै जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले आजै कारागार चलान गरेको हो । घलेलाई अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ ।

घलेले अघिल्लो वर्ष नै उनलाई रु नौ लाख ८६ हजार जरिवाना र छ महीना कैद हुने ठहर गरेको थियो । उक्त सजाय बेरुजू रही भागी फरार हुँदै आएका घलेलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका जावलाखेल, ललितपुरबाट पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो ।

अष्ट्रेलिया जान प्रतिव्यक्ति रु आठ लाख ५० हजार खर्च लाग्छ भनी आकर्षक वैदेशिक रोजगारको प्रलोभनमा पारी पैसा ठगेको भन्दै २०७१ साल भदौमा उनी विरुद्ध अदालतमा जाहेरी परेको थियो ।