२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज शाहको स्वास्थ्य अवस्था खतरामुक्त, बंशाणुगत हृदयघातको समस्या



अ+ अ-

काठमाडौँ । पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था खतरामुक्त रहेको नर्भिक अस्पतालले जनाएको छ ।

शाहको उपचारमा संलग्न चिकित्सकको टोलीले मंगलबार पत्रकार सम्मेलन गरेर उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएको हो ।

उपचारमा संलग्न प्राध्यापक डा.यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसानै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिए ।

पूर्वराजा ज्ञानेन्द्रलाई पनि हृदयघातको समस्या भएको हुँदा पारसलाई पनि बंशाणुगत हृदयघात भएको र कालेस्ट्रोल बढी भएको जनाइएको छ ।

यसअघि पनि २ पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् । पारसलाई हिजो पाटनमा पूजामा सहभागि भएर फर्किने क्रममा एक्कासी छाती दुखेको थियो भने तत्कालै नर्भिक अस्पताल पुगेका थिए ।

हृदयघात भएको व्यक्तिमा ७२ घण्टासम्म मुटुमा समस्या आउने सम्भावना हुने हुँदा पारसलाई अहिले सिसियूमानै राखिएको हो ।