२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका अध्यक्ष कमल थापाको पूर्व रानी कोमल शाहसँग जम्काभेट भएपछि…….



अ+ अ-

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । हृदयाघात कारण सोमवार काठमाडौँ स्थित थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा भर्ना भएका पारसलाई भेट्न मंगलवार राप्रपा अध्यक्ष कमल थापा पुगेका थिए । पारसले कमल थापासँगको भेटमा अहिले मलाई ठीकै छ भनेर भनेका छन् ।

थापालाई देख्नासाथ पारसले अंग्रेजीमा भने नाउ आइ एम गूड

हिजो अलि दुखाई थियोे, अहिले ठीक छु, पारसले थापासँग भनेको उद्धृत गर्दै भेटमा सहभागी राप्रपा सहमहामन्त्री राजाराम बर्तौलाले भने ।
पारसलाई भेटेर फर्किने क्रममा थापाको पूर्व रानी कोमल शाहसँग ढोकामै जम्काभेट भएको थियो ।