७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियुको चुनाव जित्ने डरले आफुहरु माथि आक्रमण गरे : शर्मा



अ+ अ-

काठमाडौं । सामान्य विषयमा भएको विवादले उग्र रुप लिएको छ । काठमाडौंको आरआर क्याम्पसमा सामान्य विवाद भएपछि अनेरास्ववियुका कार्यकर्ताहरुले नेविसंघका कार्यकर्तामाथि अाक्रमण गरेका हुन् ।

क्याम्पसमा चलिरहेको बृहत रचनात्मक सप्ताह अन्र्तगत संचालन भएको भलिबल प्रतियोगितामा सामान्य गल्ति भएको निहुँमा नेविसंघका विजय मल्लमाथि आक्रमण गरेका हुन् ।

मल्लको अहिले काठमाडौं मोडल अस्पतालमा उपचार भईरहेको नेविसंघका सुनिल शर्माले जानकारी दिए ।

शर्माका अनुसार खेल खेलिरहदाँ फल भएको निउ पारेर आक्रमण भएको हो । उनले सामान्य विवादमा पनि राजनितिक कारण जोडेर आफुहरु माथि आक्रमण हुनु लज्जास्पत कुरा भएको बताएका छन् ।

उनले क्याम्पसमा स्ववियुको चुनाब जित्ने डरले आफुहरु माथि आक्रमण गरेको आरोप लगाए ।

आक्रमण हुदाँ नेविका कार्यकर्ता सबै बाहिर र मल्ल एक्लै खेल मैदानमा रहेका थिए ।