७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा एक हप्तापछि हवाई उडान सञ्चालन



अ+ अ-

हुम्ला : भारी हिमपातपछि एक सातादेखि अवरुद्ध जिल्लाको एक मात्र यातायात हवाई सेवाले आज अपराह्न ५ बजेबाट उडान भर्न शुरु गरेको छ । 
सिमकोट विमानस्थलको बाक्लो हिउँ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, सिमकोट गाउँपालिकालगायत अन्य सरकारी कार्यालयका कर्मचारी, सर्वसाधरणले हटाएपछि तारा एयरलाइन्सका तीन वटा जहाजले आज उडान भरेका हुन् । 

आजदेखि उडान भरेका तारा एयरका जहाजले नेपागञ्जदेखि चामल ल्याएको एयरका प्रमुख सरस्वती लामाले जानकारी दिनुभयो । हुम्लीको प्रमुख समस्या खाद्यान्न भएकाले खाद्यान्न ल्याइएको उहाँले बताउनुभयो । हवाई उडान बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्य सामानको समेत समस्या देखिँदै आएको थियो । आजदेखि हवाई उडान नियमित हुने विमानस्थलले जनाएको छ ।