२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार निरौलाद्वारा पदभार ग्रहण



अ+ अ-

काठमाडौँ : सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नृपध्वज निरौलाले पदभार ग्रहण गर्नुभएको छ । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा निरौलाको नाम अनुमोदन गरेपछि आज पदभार ग्रहण गर्नुभएको हो । न्याय सेवा आयोगको सिफारिशलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्ने कानूनी व्यवस्था रहेको छ । 

निरौला यसअघि न्याय परिषद्को सचिव हुनुहुन्थ्यो । न्याय सेवा आयोगले वरिष्ठता, कार्यकुशलता र दक्षताका आधारमा मुख्य रजिष्ट्रारमा बढुवाका लागि सिफारिश गरेको थियो । निरौला २०७३ साल माघ ६ गते सर्वोच्च अदालतको रजिष्ट्रार बन्नुभएको थियो । 

विसं २०२८ माघ २५ गते खोटाङ जिल्लाको एैँसेलुखर्क गाउँपालिकामा जन्मनुभएका निरालौले विसं २०५२ साल मङ्सिर २४ गते न्याय सेवा आयोगको शाखा अधिकृतबाट सेवा शुरु गरी २०६० मा सर्वोच्चको उपरजिष्ट्रार हुँदै २०६५ मा खुल्लातर्फबाट सहरजिष्ट्रार हुनुभएको थियो । 

यसैगरी, मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको सर्वोच्च अदालतको रजिष्ट्रारमा लालबहादुर कुँवरलाई बढुवा गरेको छ । विसं २०२९ पुस ४ गते गुल्मीमा जन्मनुभएका कुँवर न्याय सेवा आयोगले वरिष्ठता र कार्यकुशलताका आधारमा रजिष्ट्रार बन्नुभएको हो । विसं २०५५ मा सर्वोच्च अदालतमा शाखा अधिकृतबाट सेवा शुरु गर्नुभएका कुँवर २०६५ मा उपरजिष्ट्रार हुँदै २०६७ वैशाख ८ गते खुल्लातर्फबाट सहरजिष्ट्रार हुनुभएको थियो ।