३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिङ्गो गाउँ नै लालपुर्जाविहीन



अ+ अ-

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–८ मा पर्ने देवीपुर गाउँ लालपुर्जाविहीन अवस्थामा रहेको छ । 

विसं २०५९ मा बस्ती विस्तार भएको सो गाउँमा करीब ११९ घरपरिवारको बसोबास छ । विसं २०६४ को कपिलवस्तु घटनामा विस्तापित भएकालाई पुनस्र्थापना गरी निर्माण गरिएको उक्त बस्ती एकदशक बितिसक्दासमेत लालपुर्जाविहीन छ । 

विसं २०६४ को घटनामा उजाड बनेको सो गाउँमा कारितास नेपाल र सहज नेपालले पुनर्वासका लागि करीब रु ५५ लाखको लागतमा १२३ घर निर्माण गरेको सहज नेपालका पूर्वअध्यक्ष शरद अधिकारीले बताउनुभयो । 

पुनर्वासमा बसेको एक दशक बित्दासमेत आफूहरुले भोगचलन गरेको घर जग्गाको लालपुर्जा नपाएको स्थानीयवासी खेतुलाल रानामगरले गुनासो गर्नुभयो । बस्ती बस्दा ७५० जनसङ्ख्या रहेको भए पनि अहिले सो बस्तीको जनसङ्ख्या करीब एक हजार ३०० को हाराहारीमा रहेको उहाँले बताउनुभयो । बस्ती बसाल्दा १२३ घरमा बसोबास गर्ने भए पनि हाल सो बस्तीबाट २०÷३० घर विस्थापित भएका छन् । कतिपयले पुनर्वासमा पाएका घर अर्कैलाई बेचेर अन्यत्र गएको स्थानीयवासी सीतादेवी जलारीले बताउनुभयो । 

घरसहित एक परिवारलाई पाँच कट्ठा जमीन खेतीपाती गर्न तत्कालीन अवस्थामा दिइएको सहज नेपालका पूर्वअध्यक्ष अधिकारीले बताउनुभयो । स्थानीय तहमा घरधुरी कर तिरिरहेका भए पनि घर जग्गाको लालपुर्जा पाउन नसकेको स्थानीयवासी लोकबहादुर सुनारले बताउनुभयो । 

लालपुर्जाको समस्या स्थानीय सरकारले समाधान गर्न नसक्ने भएकाले आश्वासन मात्रै दिनु परेको नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । देशकै समस्याका रुपमा रहेको लालपुर्जाविहीनको समस्या देवीपुर गाउँमा मात्रै नभएर विजयनगर गाउँपालिकालगायत अन्यत्र ठाउँमा पनि रहेको प्रदेश नं ५ का प्रदेशसभा सदस्य अर्जुन केसीले बताउनुभयो ।