• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

सिङ्गो गाउँ नै लालपुर्जाविहीन



कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–८ मा पर्ने देवीपुर गाउँ लालपुर्जाविहीन अवस्थामा रहेको छ । 

विसं २०५९ मा बस्ती विस्तार भएको सो गाउँमा करीब ११९ घरपरिवारको बसोबास छ । विसं २०६४ को कपिलवस्तु घटनामा विस्तापित भएकालाई पुनस्र्थापना गरी निर्माण गरिएको उक्त बस्ती एकदशक बितिसक्दासमेत लालपुर्जाविहीन छ । 

विसं २०६४ को घटनामा उजाड बनेको सो गाउँमा कारितास नेपाल र सहज नेपालले पुनर्वासका लागि करीब रु ५५ लाखको लागतमा १२३ घर निर्माण गरेको सहज नेपालका पूर्वअध्यक्ष शरद अधिकारीले बताउनुभयो । 

पुनर्वासमा बसेको एक दशक बित्दासमेत आफूहरुले भोगचलन गरेको घर जग्गाको लालपुर्जा नपाएको स्थानीयवासी खेतुलाल रानामगरले गुनासो गर्नुभयो । बस्ती बस्दा ७५० जनसङ्ख्या रहेको भए पनि अहिले सो बस्तीको जनसङ्ख्या करीब एक हजार ३०० को हाराहारीमा रहेको उहाँले बताउनुभयो । बस्ती बसाल्दा १२३ घरमा बसोबास गर्ने भए पनि हाल सो बस्तीबाट २०÷३० घर विस्थापित भएका छन् । कतिपयले पुनर्वासमा पाएका घर अर्कैलाई बेचेर अन्यत्र गएको स्थानीयवासी सीतादेवी जलारीले बताउनुभयो । 

घरसहित एक परिवारलाई पाँच कट्ठा जमीन खेतीपाती गर्न तत्कालीन अवस्थामा दिइएको सहज नेपालका पूर्वअध्यक्ष अधिकारीले बताउनुभयो । स्थानीय तहमा घरधुरी कर तिरिरहेका भए पनि घर जग्गाको लालपुर्जा पाउन नसकेको स्थानीयवासी लोकबहादुर सुनारले बताउनुभयो । 

लालपुर्जाको समस्या स्थानीय सरकारले समाधान गर्न नसक्ने भएकाले आश्वासन मात्रै दिनु परेको नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । देशकै समस्याका रुपमा रहेको लालपुर्जाविहीनको समस्या देवीपुर गाउँमा मात्रै नभएर विजयनगर गाउँपालिकालगायत अन्यत्र ठाउँमा पनि रहेको प्रदेश नं ५ का प्रदेशसभा सदस्य अर्जुन केसीले बताउनुभयो ।