२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार, खतरामुक्त छन् – नर्भिक



अ+ अ-

काठमाडौँ : हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ । 

शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट सकिएसँगै उहाँको अवस्थामा सामान्य सुधार आउन थालेको नर्भिक इन्टरनेशनल अस्पतालका डेपुटी जनरल म्यानेजर रामप्रसाद मैनालीले जानकारी दिनुभयो । 

शाहको उपचारमा प्रा डा यादव देव भट्टको नेतृत्वमा डा जेपी अग्रवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठलगायतको टोली खटिइएको अस्पतालले जनाएको छ । एक्कासि छाती दुखेपछि पूर्वयुवराज शाह सोमबार अपराह्न अस्पताल भर्ना भएका थिए ।