२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधुरै सडक सरकारलाई हस्तान्तरण



अ+ अ-

ललितपुर । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा २७ किलोमिटर चक्रपथको कोटेश्वर–सातदोबाटो–कलंकी साढे १० किलोमिटर सडक खण्डको काम सम्पन्न भएको भन्दै चीनले नेपाललाई हस्तान्तरण गरेको छ।

उक्त खण्डमा सडक र कलंकीमा नेपालमै पहिलो अन्डर पास बनाएर सम्पन्न गरे पनि सडक सुरक्षा, बस स्टेशन, जेब्रा क्रसिङ, डिभाइडरलगायतको पूर्वाधार अझै पूरा भइसकेको छैन।

सडक विभागले भने चिनियाँ पक्षले निर्माण गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरिसकेको दाबी गरिरहेको छ। विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले चिनियाँ पक्षले बनाउनुपर्ने सबै संरचना सम्पन्न गरिसकेको दाबी गरे ।

सडकमा जेब्रा क्रसिङ, ट्राफिक संकेत, ट्राफिक बत्ती, उपयुक्त ठाउँमा आकाशे पुललगायतको संरचना नबन्दा यात्रुले जोखिम मोलेर यात्रा गर्नुपरेको छ। मुख्य चोकबाहेक अन्य स्थानमा जेब्रा क्रसिङ भेटिँदैन। उपयुक्त स्थानमा जेब्रा क्रसिङ र आकाशे पुल नहुँदा यात्रु जोखिम मोलेरै आठ लेनको सडक पार गर्न बाध्य छन्। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।