१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार

शक्तिको आडमा आफैं भ्रष्टाचार हुन्छ : प्रधानमन्त्री ओली

शक्तिको आडमा आफैं भ्रष्टाचार हुन्छ : प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही कसैलाई भ्रष्टाचार गर्न नदिने बताएका छन्। ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं,’ सशस्त्र प्रहरीको स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौं।’

शक्तिको आडमा आफैं भ्रष्टाचार गर्ने पाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई माफी दिन नसकिने बताए। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले लडाइँ र द्वन्द्व सकिए पनि केहीले द्वन्द्व निम्त्याउन खोजेको भन्दै त्यसलाई असफल पारिने बताए। ‘अहिले सरकारले द्वन्द्वका घाउमा मलमपट्टी लगाउने काम गर्ने गर्देछ द्धन्द निम्त्याउन खोज्नु हुँदैन अब मुलुक समृद्धिको मार्गतर्फ अगाडि बढिसक्यो,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले विभिन्न शान्ति प्रक्रियालाई बल्झाउन खोज्नेहरूका बारेमा सरकार जानकानर रहेको बताएका थिए। ‘हामी राजनीतिको कठोर यात्रापार गरेर यहाँसम्म आइपुगेका छौँ, अब पछाडि फर्कने कुरा हुन सक्दैन देशलाई पछाडि फर्काएर तानाशाहीमा लैजाने कुरा अब कसैले सहन सक्दैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले व्यवस्थापन भइसकेको शान्ति प्रक्रियाका विषयमा अनावश्यक चलखेल सह्य हुँदैन।’ उनले अन्तर्राष्ट्रिय विकास मञ्चको डावस बैठकमा पनि आफूले नेपालमा सुन्दरता मात्र नभई उर्वर भूगोग, गौरवपूर्ण इतिहास र पूर्खाको बलिदानी भएको उल्लेख गर्दै लगानीका लागि आव्हान गरेको उल्लेख गरेको समेत बताए। यो खबर नागरिक दैनिक प्रकाशित छ।

कार्यक्रममा समारोहमा सम्बोधन गर्दै गृहमन्त्री थापाले पनि आफ्नो मन्त्रालय मातहतको कुनै पनि निकायमा भ्रष्टचार हुन नदिइने बताए। उनले सशस्त्रका अधिकारीलाई निर्देशन दिँदै भने, ‘भ्रष्टाचारविरुद्ध शूण्न्य सहनशीलतालाई व्यवहारमा उतार्नुस्। गृहमातहतको कुनै निकायमा भ्रष्टाचार हुन दिन्न। यसमा मन्त्रालय संवेदनशील छ।’

मुलुकमा संघीयताको कार्यान्वयनपछि नयाँ परिस्थिति सिर्जना भएको बताउँदै उनले सशस्त्र प्रहरीको काँधमा चलायनमान सुरक्षा निकायको रूपमा अहम भूमिका बहन गर्नुपर्ने जिम्मेवारी रहेको पनि बताए।

‘सशस्त्र प्रहरी बल जनताको नजरमा भरोसा लाग्दो सुरक्षा संगठनका रूपमा स्थापित हुँदै गएको छ,’ उनले भने, ‘समय अनुकूल जनशक्ति विस्तारै गर्दै सीमामा हुने चोरी, निकासी र सीमा अपराध नियन्त्रणका लागि बोर्डर आउटपोष्टलाई पनि बढाउँदै लग्नुपर्छ।’ उनले १७ जिल्लाका अस्थायी गुल्मलाई स्थायीमा परिणात गरिसकेको स्मरण गराउँदै भने, ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा हुने खोज तथा उद्धारलाई लक्षित गरेर उच्च शिखर खोज तथा उद्दार गुल्मसमेत स्थापना गरिनेछ।’