३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

जिरी आउने पर्यटकलाई ५० प्रतिशत छुट

जिरी आउने पर्यटकलाई ५० प्रतिशत छुट
अ+ अ-

जिरी । दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् ।

पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गेल्बु शेर्पाले जानकारी दिनुभयो । सगरमाथाको प्रवेशद्वारको रुपमा लिइने जिरी सडक विस्तार भएसँगै पुरानो व्यापार घटेर होटल व्यवसाय पनि सुस्ताउन थालेपछि व्यवसायी आफैँ सक्रिय भएका हुन् ।

जिरीमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय व्यवसायीको पहललाई स्थानीय सरकारले पनि साथ दिएको छ । जिरी नगरपालिकाले क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरी अभियान नै शुरु गरेको छ । नगरपालिकाले अहिले नगरको सरसफाइमा ध्यान दिएको नगर प्रमुख टङ्क जिरेलले जानकारी दिनुभयो । नगरपालिकाकै अगुवाइमा पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार निर्माणका कामसमेत अघि बढाएको उहाँले बताउनुभयो ।

जिरीमा पछिल्लो समय नयाँ होटल व्यवसायी पनि थपिँदै गएका छन् । आधुनिक सेवासहित युवाले एक दर्जन होटल भूकम्पपछि थपिएका छन् । पर्यटकको सेवाको पहिलो आधार होटल भएकाले होटल व्यवसायी सङ्गठित हुन थालेका छन् । जिरीका होटल व्यवसायी भेला भएर केही दिनअघि वसन्त प्रधानको अध्यक्षतामा होटल सङ्घ जिरीसमेत गठन गरेका छन् ।

“सगरमाथाको प्रवेशद्वार भनेर विदेशीलाई मात्र पर्यटक मानिन्थ्यो”, अध्यक्ष प्रधानले भन्नुभयो, “सडक खुलेपछि पर्यटक जिरीभन्दा पनि सोझै सल्लेरी र बाम्ती पुगेपछि जिरीका होटल र अन्य व्यवसायसमेत सुस्ताएपछि विकल्पको खोजीमा स्वदेशी पर्यटक लक्षित योजना अघि सारेका हौँ ।” जिरीमा पर्यटकको बसाइँ लम्ब्याउन स्थानीय गाइडको समेत व्यवस्था गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

व्यवसायीले अहिले वैशाखसम्मका लागि छुट अफर दिए पनि त्यसको प्रभावका आधारमा कार्यक्रम आउने व्यवसायीले जानकारी दिए । माघ १५ देखि वैशाखको पहिलो सातासम्म कोठा भाडामा ५० प्रतिशत र खानाका परिकारमा समेत विशेष छुट गर्ने निर्णय भएको होटल व्यवसायीसमेत रहनुभएका जिरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो ।