३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवेणी धामको १५ दिने मेला सम्पन्न



अ+ अ-

गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको त्रिवेणी धाममा माघ १ गतेदेखि शुरु भएको १५ दिने त्रिवेणी मेला मङ्गलबार सम्पन्न भएको छ ।

१५ दिनभित्र त्रिवेणी धाममा झण्डै छ लाखभन्दा बढी भक्तजनले कमला नदीको त्रिवेणी धाममा मकर नुहाउने, पूजा तथा आरधाना गर्ने कार्य गरेको मेला व्यवस्थापन आयोजक मूल समितिका संयोजक तथा उदयपुर उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए ।

उक्त मेलामा प्रदेश नं १, प्रदेश नं २ तथा ३ का भक्तजनको ठूलो सङ्ख्यामा उपस्थिति थियो । यस्तै भारतको बिहार, पश्चिम बङ्गालको दार्जिलिङ, कालिम्पोङ र सिक्किम राज्यबाट समेत ठूलो सङ्ख्यामा भक्तजन त्रिवेणीधाममा आएको संयोजक खड्काले बताउनुभयो । मेलामा रु ७० लाखभन्दा बढीको आर्थिक कारोवारसमेत भएको आयोजकको भनाइ छ ।