• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

त्रिवेणी धामको १५ दिने मेला सम्पन्न



गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको त्रिवेणी धाममा माघ १ गतेदेखि शुरु भएको १५ दिने त्रिवेणी मेला मङ्गलबार सम्पन्न भएको छ ।

१५ दिनभित्र त्रिवेणी धाममा झण्डै छ लाखभन्दा बढी भक्तजनले कमला नदीको त्रिवेणी धाममा मकर नुहाउने, पूजा तथा आरधाना गर्ने कार्य गरेको मेला व्यवस्थापन आयोजक मूल समितिका संयोजक तथा उदयपुर उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए ।

उक्त मेलामा प्रदेश नं १, प्रदेश नं २ तथा ३ का भक्तजनको ठूलो सङ्ख्यामा उपस्थिति थियो । यस्तै भारतको बिहार, पश्चिम बङ्गालको दार्जिलिङ, कालिम्पोङ र सिक्किम राज्यबाट समेत ठूलो सङ्ख्यामा भक्तजन त्रिवेणीधाममा आएको संयोजक खड्काले बताउनुभयो । मेलामा रु ७० लाखभन्दा बढीको आर्थिक कारोवारसमेत भएको आयोजकको भनाइ छ ।