१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं २ को राजधानी जचुकालिमै रहन्छ : नेता निधि



अ+ अ-

गौशाला । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को राजधानी जनकपुर र प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने बताएका छन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित काङ्ग्रेस पार्टी कार्यालयमा आज पत्रकार सम्मेलनमा नेका नेता निधिले जचुकालिको भवन प्रदेश सरकारका लागि उपयुक्त रहेकाले प्रदेश नं २ को राजधानी जनकपुर नै रहने ठोकुवा गरे ।

उनले प्रदेश प्रमुखको कार्यालय र आवास, मुख्यमन्त्रीको कार्यालय र आवास, विभिन्न मन्त्रालय र मन्त्रीको आवास, सभा सम्मेलन गर्ने स्थानलगायतका पर्याप्त भौतिक संरचना रहेको जचुकालिको भवनले प्रदेश सरकारको कार्य सञ्चालनमा सहजता हुने बताउनुुभयो । साथै उहाँँले प्रदेश नं २ को नाम मिथिला भोजपुरा राख्ने र पहिलो भाषा मैथिली तथा दोस्रो भाषा भोजपुरी राख्न सुझाव दिए ।

उनले प्रदेश नं २ को राजधानी जनकपुरबाट सार्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीका केही नेताले जचुकालि पुनः सञ्चालन गर्ने कुरा गरेर जचुकालिको सम्पत्ति भ्रष्टाचार गर्न तथा बेच्ने षड्यन्त्र गर्न लागिपरेको बताउदै काङ्ग्रेसले त्यो कुनै पनि हालतमा हुन नदिने चेतावनी दिएका छन् । उनले त्यस्तो गर्न आउने नेकपाका नेतामाथि काङ्ग्रेसका नेता कार्यकर्तालाई पहरेदारी गर्न सुझाव पनि दिए ।