२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुमार्गीको रकम जसरी भए पनि फिर्ता गराउनु – नेपाल राष्ट्र बैंक



अ+ अ-


काठमाडौँ — नेपाल राष्ट्र बैंकले व्यापारी अजेयराज सुमार्गीको पैसा जसरी भए पनि फिर्ता गराउन भनेको छ । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकहरूलाई मंगलबार निर्देशन दिएको हाे । राष्ट्र बैंकले मंगलबार केन्द्रीय कार्यालयमा बोलाएरै महालक्ष्मी विकास बैंक, नेपाल बंगलादेश बैंक र प्राइम बैंकलाई राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

‘उचित विकल्प खोजेर पैसा फिर्ता गर्न मौखिक निर्देशन दिएका छौं,’ स्रोतले भन्यो, ‘बैंकहरूले पैसा फिर्ता गर्न व्यावहारिक कठिनाइ रहेको बताएका थिए ।’ यसअघि उक्त स्रोत नखुलेको रकम फिर्ता गर्न नेपाल राष्ट्र बैंकका नाममा सर्वाेच्च अदलते नै आदेश दिएको थियो ।

तर ती बैंकहरुलाई यसअघि राष्ट्र बैंकले निर्देशन दिँदा फिर्ता गराउन नसकिने बताएका थिए । सर्वोच्चको आदेशलगत्तै हतारमा सुमार्गीको रकम निकासा दिएको राष्ट्र बैंकले समय घर्किएपछि निर्देशन दिने काम गरिरहेको छ ।

उनको खातालाई निगरानीमा राखी रोक्का राख्ने अधिकार भने राष्ट्र बैंकले प्रयोग गरेको छैन ।