१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको राजीनामा स्वीकृत



अ+ अ-

रमल्लाह । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले प्रधानमन्त्री रामी हम्दल्लाहले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

राष्ट्रपति अब्बासले मङ्गलबार प्रधानमन्त्री हम्दल्लाहको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

प्यालेस्टिनीे सरकारी समाचार संस्था वाफाले अर्को सरकार नबन्दासम्म यही सरकारले काम गर्नेगरी उहाँले राजीनामा स्वीकृत गर्नुभएको जनाएको छ । राष्ट्रपति अब्बासले नयाँ सरकार बनाउनका लागि चाँडै प्रक्रिया सुरु गर्नुहुने पनि समाचारमा जनाइएको छ ।

प्रधानमन्त्रीको राजीनामासँगै प्यालेस्टाइन क्षेत्रमा संसदीय निर्वाचनका लागि नयाँ सरकार गठन गर्नुपर्ने स्थिति उत्पन्न भएको छ ।

प्यालेस्टाइनमा सन् २००६ को जनवरीमा पछिल्लो संसदीय निर्वाचन भएको थियो । त्यतिबेलाको निर्वाचनमा इस्लामिक समूह हमासले अत्यधिक बहुमत ल्याएको थियो ।

प्रधानमन्त्री हम्दल्लाहले रमल्लाहमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को साप्ताहिक बैठकपछि राजीनामा दिने निर्णय लिनुभएको थियो ।

उहाँले लामो समयदेखि हमास समूहभित्र उत्पन्न आन्तरिक विभाजन अन्त्य गर्ने र मेलमिलापको वातावरण बनाउने उद्देश्यले राजीनामा दिएको बताउनुभएको छ ।

साठी वर्षीय हम्दल्लाह सन् २०१३ मा पहिलोपटक प्यालेस्टाइनको प्रधानमन्त्री बन्नुभएको थियो । सन् २०१४ मा राष्ट्रपति अब्बासले हम्दल्लाहको सरकारलाई “राष्ट्रिय मेलमिलाप सरकार”को रुपमा मान्यता दिई प्यालेस्टिनी समूहहरुबीच मेलमिलापको वातावरण निर्माण गर्ने जिम्मेवारी दिनुभएको थियो ।