३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

जनआन्दोलनका घाईते तथा सहिद परिवारले रुँदै भने : चुनावमा भोट माग्ने बेलामा र सत्ता पुग्ने बेलामा अनेकौ चटक देखाए (भिडियोसहित)

जनआन्दोलनका घाईते तथा सहिद परिवारले रुँदै भने :  चुनावमा भोट माग्ने बेलामा र सत्ता पुग्ने बेलामा अनेकौ चटक देखाए  (भिडियोसहित)
अ+ अ-

काठमाडौं, १६ माघ । जनआन्दोलनका घाईते तथा सहिद परिवारले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो पोखेका छन् । यद्धपी उनीहरुले राज्यले नसम्झिएपनि रिपोर्टर्स क्लब र यसका सभापति ऋषि धमलाले सम्झिएको बताए ।


बुधबार रिपोर्टर्स क्लब नेपालले सहिद दिवसको अवसर पारेर आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै २०६२÷०६३ को जनआन्दोलनका सहिद यमलाल लामिछानेका छोरा द्रोण प्रसाद लामिछानेले राज्यले आफूहरुलाई नसम्झिएको गुनासो पोखे ।


उनले भने,‘राज्यले हाम्रा अभिभावको रगतलाई चिनेन । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हाम्रा अभिभावले ज्यानको आहुति दिए । तर, राज्यले हामीलाई कहिल्यैपनि सम्झिएन् ।’ आज सहिद दिवस देशव्यापी रुपमा मनाएपनि आफूहरुले सरकारले कुनै वास्ता नगरेको उनको गुनासो छ ।


त्यस्तै उनले वर्तमान सरकार दुई तिहाई बहुमतको भएपनि अहिलेसम्म जनताले सुशासन र शान्तिको अनुभुति गर्न नपाएको बताए । उनले भने,‘नेपाली जनताले नेताहरुको बोलीमा कुनै परिवर्तन देखेका छैन् । लोकतन्त्रमा विभेदहरु अझैपनि हट्न सकेका छैनन् । यो दुःखद कुरा हो ।’ उनले मुलुकमा भ्रष्टाचार, अनियमितता मौलाएकोमा पनि चिन्ता व्यक्त गरे ।


कार्यक्रममा सहिद गोविन्द शर्माकी धर्मपत्नी भगवती शर्माले आन्दोलनमा सहादत प्राप्त गर्ने र घाईते जिउँदा सहिदहरुले राज्यबाट कुनै पनि सम्मान नपाएको गुनासो पोखिन् । उनले भने,‘नेता तथा कार्यकर्ताहरुले अन्तर्राष्ट्रियस्तरको सुविधा लिने तर आन्दोलनमा ज्यान गुमाउने सहिद परिवारले केही पनि पाएनन् ।’


उनले चुनावको बेला मात्रै दलका नेताहरुले सहिद परिवार र घाईतेहरुलाई सम्झिने गरेको र सत्तामा पुगेपछि चटक्कै बिर्सिने गरेको आरोप लगाईन् । उनले सहिदहरुको सम्मानको लागि पनि सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गरिन् । उनले भनिन्,‘सहिदको सम्मान भएमात्रै देशले समृद्धि हाँसिल गर्छ ।’


हरेक वर्ष सहिद दिवस मनाउँदै गर्दा आफूहरु आफन्त गुमाएको पीडामा पर्ने गरेको पनि उनले बताईन् । तर, राज्यले आफूहरुलाई खासै वास्ता नगरेकोमा उनले आक्रोश पोखिन् ।
शर्माले आफूहरुलाई आजको दिन सरकारले बोलाएको भए सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने थियो भन्नेपनि धारणा राखिन् ।


सहिद चन्द्र बहादुर बयलकोटीकी धर्मपत्नी कल्पना बयलकोटीले मुलुकमा परिवर्तनको लागि आफ्नो श्रीमानले जीवन नै आहुति दिएको र आफ्नो सिउँदो पुछिएको सुनाउँदै राज्यले आफूहरुलाई अहिलेसम्म खासै वास्ता नगरेको गुनासो पोखिन् । उनले भनिन्,‘राज्यले हाम्रा बालबालिकाहरुलाई टुहुरो बनायो । राज्यले सहिद सप्ताह मनाउँदै गर्दा हामीलाई सम्झिएन । धेरै दुःख लागेको छ ।’


उनले चार जना सहिदको मात्रै नभएर २०६२÷०६३ को जनआन्दोलनका २१ जनै सहिदहरुलाई पनि जोडेर शालीक निर्माण गर्नुपर्नेमा जोड दिईन् ।
सहिद ताहिर अली अन्सारीका छोरा अस्गर अली अन्सारीले राज्यले निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । उनले सहिद परिवारलाई सरकारले बाँच्ने आधार बनाईदिनुपर्ने पनि माग गरे ।


कार्यक्रममा २०६२÷०६३ को जनआन्दोलनका घाईते मेघराज आचार्यले आफू मृत्युले छोडेको व्यक्ति भएको सुनाउँदै नेपालीहरुले खाएको प्रत्येक गाँसमा र फेर्ने प्रत्येक श्वाँसमा सहिदको मूल्य रहेको बताए ।
आफू अहिलेपनि औषधी र उपचारको भरमा बाँचेको आचार्यले सुनाए । तर, राज्यले जनआन्दोलनका घाईतेहरुको उपचारमा कुनै सहयोग नगरेको पनि गुनासो पोेखे । उनले भने,‘राज्यले हामीलाई अवहेलना गरेको छ ।’


थप उपचारको लागि आफूहरु विदेश जान चाहेको भएपनि राज्यले उपचारमा जानको लागि बन्देज लगाएको पनि आचार्यले आरोप लगाए । उनले खास सहिद को हुन ? भनेर सरकारले निक्र्यौल गर्नुपर्ने पनि धारणा राखे ।


स्वास्थ्य मन्त्रालयले विर अस्पतालमा रहेको औषधी पसललाई तिर्नुपर्ने रकम नतिरिदिँदा आफूहरुलाई औषधीको सेवा लिनपनि कठिनाई भएको उनले गुनासो पोखे ।
कार्यक्रममा २०६२÷०६३ को जनआन्दोलनका घाईते सुनिल भट्टराईले राज्यले पछिलो समय हचुवाको भरमा सहिद घोषणा गर्दा बास्तविक सहिदहरुको अपमान भएको बताए । भट्टराईले पछिल्लो समय मुलुकमा सुशासन कायम हुन नसकेको र दण्डहीनता मौलाएको पनि आरोप लगाए ।


उनले आफू अहिलेपनि नियमित औषधी सेवन गर्नुपर्ने बाध्यतामा रहेको सुनाउँदै राज्यले उपचारमा कुनै सहयोग नगरेको गुनासो पनि पोखे ।
त्यस्तै २०६२÷०६३ को जनआन्दोलनका घाईते ढाल बहादुर बस्नेतले लोकतन्त्रको लागि लड्दा आफूले अहिले अपाङगताको जीवनयापन गर्नुपरेको सुनाउँदै अहिलेसम्म राज्यले कुनै वास्ता नगरेको गुनासो पोखे ।


ह्विलचियरमा बसेर आफ्नो धारणा राखेका बस्नेतले सिंहदरबार आफूहरुको मुल्यले बनेको पनि बताए । उनले भने,‘हामी जिउँदा सहिद हौं । हाम्रो परिवारलाई राज्यले भोकै राखेको छ । घाईतेहरुलाई राज्यले लाखापाखा लगाएको छ । अस्पताल धाउँदा धाउँदै घरबास गुमायौं । अहिलेपनि पर्याप्त उपचार पाएका छैनौं । सयौं घाईतेहरुको अपमान भएको छ।’


२०६२÷०६३ को जनआन्दोलनका घाईते युवराज कँडेलले आफूहरु जीवन मरणको दोसाँधमा रहेको बताए । तर, राज्यले आफूहरुलाई कुनै वास्ता नगरेको उनले गुनासो पोखे ।
उनले जनआन्दोलनका घाईतेहरु अब एकजुट भएर राज्यसँग आफूहरुले पाउनुपर्ने सेवा सुविधाकोलागि लड्नुपर्ने धारणा राखे ।