७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलत सूचना दिने प्रहरीको फन्दामा



अ+ अ-

काठमाडौँ । आपराधिक घटना तथा दुर्घटना भएमा छिटो सूचना प्रवाह हुँदा उद्धार तथा अपराधी पक्राउ गर्न सजिलोका लागि प्रहरी नियन्त्रण कक्षमा राखिएका १०० नम्बरमा झुठा सूचना दिने दुईलाई पक्राउ गरिएको छ ।

गलत सूचना प्रवाह गर्दै प्रहरीलाई हैरानी दिने सिन्धुली कमलामाई नगरपालिका घर भई हाल गोकर्णेश्वर बस्दै आएका ३५ वर्षीय राजु लामा र धनकुटा हिले घर भई गोकर्णेश्वर नगरपालिका–४ बस्ने २२ वर्षीया सरिता बस्नेतलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

मदिरा पिएर उपत्यकाका विभिन्न स्थानमा घटना घटेको छ भन्दै फोन गरेर गलत सूचना दिएको र उक्त कार्य नगर्न अनुरोध गर्दा प्रहरीलाई नै अश्लिल शब्द प्रयोग गरी हैरानी दिएपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले आज जानकारी दिनुभयो ।