२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरको भद्रपुरमा रात्रिकालीन परीक्षण उडान सफल



अ+ अ-

काठमाडौँ : निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज रात्रिकालीन परीक्षण उडान गरेको छ । 

कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज एक विज्ञप्तिमार्फत जनाएको हो । हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी १० फेब्रुअरीदेखि रात्रिकालीन उडानसँगै दैनिक तीन उडान सञ्चालन गर्ने जनाएको छ । 

कम्पनीका अनुसार आरएनएभी (एरिया नेभिगेसन) प्रविधिको सहायताले ‘लो भिजिबिलिटी’ र हाल जडान गरिएको रनवे लाइटले अब रातिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिनेछ । यो प्रविधि संसारभरी प्रचलित र सुरक्षित मानिन्छ । यसअघि ‘लो भिजिबिलिटी’ र सूर्यास्तपश्चात उडान रद्द गर्नुपथ्र्यो । 

यो विमानस्थल पूर्वका चार जिल्ला झापा, इलाम, पाँचथर, ताप्लेजुङको प्रवेशद्धारको रुपमा रहेको छ । त्यस्तै छिमेकी मुलुक भारतका सिलिगढी, दार्जिलिङ, सिक्किम मात्र नभई तेस्रो मुलुक भुटान तथा बङगलादेशलाई पनि जोड्ने बताइन्छ । 

यात्रुको सेवालाई ध्यानमा राखेर नेपाल नागरिक उड्डयन प्राधिकरणले करीब छ महीना अगाडि नै यो विमानस्थलमा रात्रिकालीन उडान योग्य बनाउन आरएनएभी प्रविधि जडान गरी हालै आवश्यक रनवे लाइट जडान गरेको थियो । प्रविधिसँगै सुरक्षा र जनशक्तिको पनि व्यवस्थापन भइसकेको विमानस्थलले जनाएको छ । 

बुद्धले आगामी दिनमा थप विमानस्थल तुम्लिङटार, सुर्खेत, भरतपुरमा पनि सेवा विस्तार गर्दै जाने योजना बनाएको छ । केही महीनापछि नै जनकपुरमा पनि परीक्षण उडान गरी व्यावसायिक उडान भर्ने जनाएको छ । 

हाल बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौँ–चन्द्रगढी दैनिक दुईवटा नियमित उडान गर्दै आएको छ । चन्द्रगढी विमानस्थलमा १० महीना अघि बिहान र दिउँसोको लागि स्याटलाइट बेस्ड आइएफआर सेवा शुरु भइसकेको थियो । 

बुद्ध एयरका नौ वटा एटीआर विमान छन् । यीमध्ये छ एटीआर–७२ र दुई एटीआर–४२ हुन् । बुद्धसँग दुई बीचक्राफ्ट विमान पनि छन् । हाल आन्तरिकतर्फ १३ गन्तब्य चन्द्रगढी, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।