२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयले नै खुवाउन थाल्यो मन्त्रीलाई तलब



अ+ अ-

काठमाडौं । मन्त्रालयले मन्त्री र मन्त्रीको सचिवालयलाई गत पुस महिनादेखिको तलब आफैले खुवाउन थालेको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरूको तलब खुवाउने गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कृष्णप्रसाद देवकोटाका अनुसार पुसदेखि सम्बन्धित मन्त्रालयले नै तलब दिन थालेको हो।

नयाँ व्यवस्था शुरू भएकाले अझै पनि कतिपय मन्त्रालयले तलब खुवाउन सकेका छैनन्। ‘अस्तिसम्म मन्त्रालयका कर्मचारीलाई मात्र मन्त्रालयले तलब खुवाउने गर्दा त्यहीअनुसार सीमित पैसा हुने गरेको थियो। अहिले पैसा थप खर्च हुने भएपछि अलिकति ढिलो भएको छ’, देवकोटाले भने– ‘पैसा अपुग भएपछि मन्त्रालयले थप पैसा अर्थ मन्त्रालयसँग माग्नुपर्छ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि पुस महिनाको तलब खुवाउने तयारी गरिरहेको जनाएको छ। अहिले संघमा २२ मन्त्रालय र प्रत्येक प्रदेशमा ७ वटा मन्त्रालय छन्। संविधानमा नै बढीमा २५ जनामात्र मन्त्री रहने व्यवस्था छ। प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मलाई मन्त्री नै भनेर गणना गरिन्छ। संघमा ३ राज्यमन्त्री छन्। कतिपय प्रदेशले अझै पनि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छैनन्। सबै प्रदेशमा रहेका मन्त्रालयको नाम एउटै छ। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।