१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रकम लुटिएको नाटक गरेपछि…………



अ+ अ-

काठमाडौं । प्रहरीलाई झुट्टो खबर दिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल काठमाडौँ बसिरहेका तिलकराम अधिकारी रहेका छन् ।

अधिकारीलाई बुधवार गोंगवुमा रहेको रियल टाईगर टुर्स एण्ड ट्राभल्सकी सञ्चालिका डेजिना बस्नेतले ८ लाख १५ हजार रुपैयाँ बैंकमा जम्मा गर्न पठाएकी थिइन् ।

तर, अधिकारीले बुधबार मध्यान्ह साढे १ बजेतिर केही ब्यक्तिले बन्दुक देखाएर, नशालु पदार्थ समेत सुँघाएर नगद लुटेर फरार भएको भन्दै ट्राभल्समा जानकारी गराएका थिए । रकम लुटिएको खबर पाउन साथ महानगरीय अपराध महाशाखाले छानबिन गर्दा खबर झुट्टो भएको खुलेको थियो ।

प्रवक्ता (एसपी) नरेन्द्र उपे्रतीले भने, ‘अनुसन्धान गर्दै जाँदा अधिकारीले सामाखुसीस्थित अमृत डुम्रेको कोठामा उक्त रकम लुकाएको खुलेको छ’ । प्रहरीका अनुसार डुम्रे अधिकारीको साथि रहेका र अधिकारी र डुम्रेकै मिलेमहत्तो देखिएको उप्रेतीले बताए ।

हाल घटनामा संग्लग्न अमृत डुम्रे भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको अपराध महाशाखाले जनाएको छ ।