२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ



अ+ अ-

कारकास । विपक्षीले गरेको प्रदर्शनको समाचार सङ्कलन गरेका पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ ।

राष्ट्रपति निकोलास मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन् ।

सरकारी पक्षले भेनेजुएलाको सङ्कटपूर्ण अवस्थाका बारेमा रिपोर्टिङ गरेका चिलीका दुई जनालाई निर्वासित गरेका छन् ।

सरकारी नियन्त्रणमा पर्ने पत्रकारहरुमा फ्रान्सका दुई जना, कोलम्बियाका दुई जना र स्पेनका एक जना रहेका छन् ।

उल्लेखितमध्ये पछिल्ला तीन जना स्पेनको राष्ट्रिय समाचार संस्था इफेका लागि काम गर्दै आएका छन् भने कम्बोडियाबाट आएका सबैजना भेनेजुएलामा उत्पन्न अस्थिरत स्थितिको रिपोर्टिङकै लागि आएका हुन् ।

पक्राउ परेका दुई फ्रान्सेली पत्रकार एउटा टिभी कार्यक्रमका लागि काम गर्दै आएका थिए । उनीहरुलाई सघाइ रहेका यस कार्यक्रमका उत्पादक एक जना स्थानीयलाई पनि सरकारी पक्षले नियन्त्रणमा लिएको छ ।

अन्य दुई जना चिलीका टेलिभिजन पत्रकारलाई पनि मङ्गलबार नै भेनेजुएलाको सरकारी पक्षले देश निकाला गरिदिएको चिलीका विदेश मन्त्री रोबर्टो अम्पुएरोले बताउनुभयो ।

संवेदनशील मानिने “सुरक्षा क्षेत्र”मा काम गरेको भन्दै उनीहरुलाई पक्राउ गर्न थालिएको समाचारमा जनाइएको छ ।

“यो तानाशाही काम भयो, स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोजियो,” चिलीका मन्त्री रोबर्टोले ट्वीटरमा लेख्नु भएको छ ।

पछिल्ला केही बर्षमा धेरै पत्रकारलाई नियन्त्रणमा लिने तथा देश निकाला गर्ने कार्य भइरहेको भन्दै आलोचना भएको छ ।

पत्रकारहरुलाई पक्राउ गरिएको बारेमा भेनेजुएलाका विदेश मन्त्री जर्ज एर्रेजाले बुधबार केही उल्लेख गर्नु भएन । तर धेरै विदेशी पत्रकारहरु रिपोर्टिङ गर्ने अनुमति बिना देश छिरेको बताउनुभयो ।

विपक्षी नेता हुवाँ गुएइदोले केही दिन अगाडि आफैँले आफँैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा थप राजनीतिक सङ्घर्ष चर्किएको छ ।

मङ्गलबार मात्रै सर्वोच्च अदालतले गुएइदोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको जनाएको छ ।

लामो राजनीतिक सङ्घर्षका कारण चरम आर्थिक सङ्कट भोगिरहेको भेनेजुएलामा राजनीतिक द्वन्द्व थप बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन् ।

विपक्षीहरुले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर निकोलास मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि विवाद थप चर्किएको हो ।

निर्वाचन निस्पक्ष हुन नसक्ने भन्दै विपक्षीहरुले निर्वाचन बहिस्कार गरेका थिए । विवादित निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि उहाँले यही जनवरी १० मा शपथ ग्रहण गर्नु भएको थियो । उहाँको सपथसँगै देशभरि विरोध प्रदर्शनहरू भएका थिए ।

त्यस निर्वाचनलाई अवैध र अमान्य भनेका अमेरिका, युरोपली देशलगायतले अहिले पनि मदुरोलाई अस्वीकार गर्दै विपक्षी नेता गुएइदोलाई समर्थन जनाएका छन् ।

चीन, रुस लगायतका देशहरुले भने निकोलासलाई नै मान्यता दिँदै विद्रोही नेता गुएइदोको विपक्षमा उभिएका छन् ।