२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसद्वारा आजपनि संसद अवरुद्ध



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । बैठक सुरु भएपछि काँग्रेस सांसदहरु उठेपछि सभामुख कृष्ण बहादुर महराले सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए ।

सभामुख महराले समय दिएपछि सांसद रिजालले काँग्रेस नेताका नामका अस्पताल, गोविन्द केसीको अनसन लगायतका विषयमा सहमतिबाट सरकार अघि बढ्ने प्रतिवद्धता नजनाएसम्म संसद बैठक अघि बढ्न नसक्ने घोषणा गरेपछि संसद अवरुद्ध भएको हो ।

“डा गोविन्द केसी अनशनमा हुनुहुन्छ, यत्तिकैमा चिकित्सा शिक्षा विधेयक पारित गरियो, गलत अभ्यासको शुरु भयो , संसद्ले गर्ने त्रुटिलाई सच्याउने हो, त्यो बाटो बन्द भयो ।”, सांसद रिजालले भने ।

राणा, पञ्चायत र ज्ञानेन्द्रले शुरुमा काङ्ग्रेसलाई देखेनन् जतिखेर देखे त्यसबेला ढिला भएजस्तो वर्तमान सरकारका लागि नहोस् सांसद रिजालले भने । निरीह अनशनकारी जो आफ्नो विचारका लागि लडेको छ, सत्याग्रहमा बसेको छ, उसको ज्यान लिन खोज्ने कि बचाउने ? उनले प्रश्न गरे ।

रिजालले बोलिसकेपछि काँग्रेस सांसदहरु उठेर विरोध गर्न थालेपछि सभामुख महराले काँग्रेस नेताका नामका अस्पतालबारे सरकारले माग बमोजिम निर्णय गरिसकेको भन्दै बस्न आग्रह गरेपनि काँग्रेसका नेताहरुले उनको आदेश मानेनन् ।

महराले चिकित्सा शिक्षा विधेयक पास भइसकेकाले त्यस विषयलाई लिएर संसद अवरुद्ध गर्न जरुरी नभएको बताएका थिए ।

सभामुखले पटकपटक काँग्रेस सांसदहरुलाई बस्न आग्रह गरेपनि नमानेपछि अर्को बैठक माघ २० गतेसम्मका लागि स्थगित गरेको घोषणा गरे ।