१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिमारी कुरुवा लुटिए



अ+ अ-

धरान । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षाको जिम्मेवारी पाएको केटिएम सेक्युरिटी प्रालिको लापर्वाहीले बिमारीका कुरुवा लुटिएका छन् ।

मेडिसिन युनिट १ वार्डमा आज बिहान तीन जना बिमारीका आफन्त लुटिएका छन् । उनीहरुको चार वटा मोबाइल, एक वटा चाँदीको औँठी एउटा बाला र नगद रु चार हजार ९०० लुटिएको विर्तामोड घर भएका बिमारीका आफन्त अमृतेश ठाकुरले जानकारी दिनुभयो ।

ठाकुरले श्रीमती सम्झना ठाकुरको पित्तथैलीको शल्यक्रिया गरी युनिट १ सर्जरी वार्डमा राखेका थिए । राति चार्ज गरिरहेको बेला उनको मोबाइल हराएको थियो । यस्तै धरानका सनम राईको दुई वटा मोबाइल, ताप्लेजुङकी सीता इजमको दुई वटा औँठी, चुरा, झोला र रु तीन हजार ४०० नगद लुटिएको थियो ।

मोबाइल, पैसा र गहना लुटपाट भएपछि कुरुवाकै सक्रियतामा लुटेराको खोजी गरी प्रहरीलाई बुझाएका छन् । धनकुटा छिन्ताङ घर भएका राम थापालाई नियन्त्रणमा लिइएको हो । कुरुवाले नियन्त्रणमा लिएका थापालाई इलाका प्रहरी कार्यालय धरानमा बिहान बुझाएको हो । उनका विषयमा अनुसन्धान भइरहेको इप्रकाका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।