७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बिक्रीमा अग्रिम रकम नलेऊ– स्टक



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ ।

धितोपत्र खरीद गर्दा अग्रिम रकम लिने व्यवस्था भए पनि बिक्री गर्दासमेत अग्रिमरुपमा रकम माग गरेको भन्ने गुनासो आएकाले त्यस्तो नगर्न तथा नगराउन आग्रह गरेको हो ।

धितोपत्र कारोवार सञ्चालन नियमावली, २०७५ लागू भएको र सो विनियमावलीको विनियम ८ मा कारोवार सदस्यले खरीद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्ने भन्ने व्यवस्था रहेको छ तर सो व्यवस्था विपरीत धितोपत्र दलाल व्यवसायीले अग्रिम रकम बिक्री कारोवारका लागिसमेत माग गरेको पाइएको छ ।

स्टकले विनियममा भएको व्यवस्था विपरीत कुनै पनि कार्य नगर्न आग्रह गरेको छ । शेयर कारोवारमा संलग्नले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै स्टकमा गुनासो गरेकाले त्यस्तो आग्रह गर्नुपरेको स्टकका सुपरिवेक्षण शाखाले जनाएको छ ।