२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको दोस्रो विकेट गयो, ज्ञानेन्द्र आउट



अ+ अ-

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाललको तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । दिपेन्द्रलाई अमिर ह्यातले सुल्तान अहमदको हातबाट क्याच गराएका हुन् । यस अघि उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ रनमा आउट भएका थिए। उनलाई सुल्तान अहम्दले गुलाम सकवरको हातबाट क्याच गराएका हुन् ।

नेपालका प्रदीप ऐरी पहिलो बलमै आउट भए । ऐरीको विकेट मोहम्द नाभेदले लिएका हुन् ।

यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो ।

यूएईका लागि शाइमन अनवारले उत्कृष्ट ब्याटिङ गरे । अनवारले ३८ बल चार चौका र दुई छक्काको मद्दतमा ५९ रन बनाए । सिपी रिज्डवान २२ , मोहम्मद नाबिद १, मोहमद उस्मानले ३० तथा आस्फाक अहमदले १ रनको योगदान दिए । मोहम्मद बुटाले अवजित २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान दुई/दुई विकेट लिए । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले एक/एक विकेट लिए । करण केसी महंगो सावित भए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए ।