७ पुष २०८२, सोमबार
,
Latest
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँः नेपाली सेना नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटमा सकियो राजतन्त्र, पारस पनि आउट, नेपाल नाजुक अबस्थामा



अ+ अ-

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाललको चौथो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमाएको छ। पारस२५ बलमा २५ रन बनाएर जाहोर खानको बलमा सुल्तान अहम्दको हातबाट क्याच भएका हुन् ।

नेपालका प्रदीप ऐरी पहिलो बलमै आउट भए । ऐरीको विकेट मोहम्द नाभेदले लिएका हुन् । नेपालले तेस्रो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । दिपेन्द्रलाई अमिर ह्यातले सुल्तान अहमदको हातबाट क्याच गराएका हुन् । यस अघि उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ रनमा आउट भएका थिए। उनलाई सुल्तान अहम्दले नै गुलाम सकवरको हातबाट क्याच गराएका हुन् ।

यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो ।

यूएईका लागि शाइमन अनवारले उत्कृष्ट ब्याटिङ गरे । अनवारले ३८ बल चार चौका र दुई छक्काको मद्दतमा ५९ रन बनाए । सिपी रिज्डवान २२ , मोहम्मद नाबिद १, मोहमद उस्मानले ३० तथा आस्फाक अहमदले १ रनको योगदान दिए । मोहम्मद बुटाले अवजित २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान दुई/दुई विकेट लिए । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले एक/एक विकेट लिए । करण केसी महंगो सावित भए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए ।