७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोरा बने टी ट्वान्टीमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टीमका खेलाडी सन्दीप जोरा टी ट्वान्टी प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् ।


यू–१९ क्रिकेट टिमका खेलाडी समेत रहेका जोराले युएईविरुद्धको पहिलो टी ट्वान्टी सिरिजको पहिलो खेलमा डेब्यु गर्ने क्रममा जोराको उमेर १७ वर्ष १०३ दिन रहेको थियो। पहिलो खेलमै जोराले ४२ बलमा अर्धशतक पूरा गरेका थिए ।

टि–२० अन्तर्राष्ट्रियमा यस अघि क्यानडाका खेलाडी हिराल पटेलको नाममा टि-२० अन्तर्राष्ट्रियमा कान्छो उमेरमा अर्धशतक बनाउने रेकर्ड थियो। पटेलले १८ वर्ष १७७ दिनको उमेरमा आयरल्याण्डसंग सन् २०१० मा अविजित ८८ रनको इनिंग खेल्दै उक्त विश्व रेकर्ड कायम गरेका थिए।

अफगानिस्थानका ब्याट्सम्यान उस्मान घानीले १८ वर्ष ३४२ दिनमा अर्धशतक बनाएका थिए जो सुचीमा तेश्रो स्थानमा छन्। सुचीमा घानीनै चौथो र पाकिस्तानका एहमद शहजाद पाँचौ स्थानमा छन् भने पाकिस्तानकै उमेर अकमल छैठौं स्थानमा छन्।