७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशको सक्रियता, थप चार न्यायाधीशलाई स्पष्टिकरण सोधियो



अ+ अ-

काठमाडौँ – न्याय परिषद्ले न्याय कार्यसम्पादनमा बदनियत देखिएको उजुरीका आधारमा चार न्यायाधीशलाई स्पष्टीकरण सोधेको छ ।

न्यायपालिकाको शुद्धीकरण अभियानक्रममा परिषद्ले तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्याय, ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वङ्गल आत्रेय, सर्लाहीका जिल्ला न्यायाधीश राजेश काफ्ले र भक्तपुरका जिल्ला न्यायाधीश मोहम्मद जुनैद आजादलाई सात दिने लिखित स्पष्टीकरण सोधेको हो ।

परिषद्ले ती न्यायाधीशले न्याय सम्पादन गर्दाको कार्यसम्पादनका विषयमा जाँचबुझ गर्न सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराइको संयोजकत्वमा तीन सदस्सीय कमिटी गठन गरेको छ ।

सदस्यमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना र उच्च अदालत न्यायाधीश टेकप्रसाद ढुङ्गाना रहनुभएको छ ।

परिषद्को मङ्गलबारको बैठकले ती न्यायाधीशले बदनियतपूर्वक काम गरेको हुँदा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यसअघि पनि परिषद्ले न्यायाधीशले वदनियतपूर्वक काम गरेको आरोपमा केही न्यायाधीशलाई काज सरुवा गरेको थियो । (रासस)