१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारितामा महिलालाई गाह्रो



अ+ अ-

–नारायण अधिकारी 

चितवन पत्रकार महिलाले पत्रकारितामा टिक्न गाह्रो भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घको महिला विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय भेलाका सहभागी महिला पत्रकारले महिला सञ्चार क्षेत्रमा टिकिरहन समस्या भएको गुनासो गरेका हुन् । 

सहभागीले सबै सञ्चार गृहमा सिसु स्याहार केन्द्र हुनुपर्नेमा जोड दिएका थिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मधु शाहीका अनुसार अधिकांश सहभागीले महिला र पुरुष दुवैलाई हुने गरी सिसु स्याहार केन्द्र हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिमा ३३ प्रतिशत पदाधिकारी सुनिश्चित हुनुपर्नेमा पनि जोड दिएका छन् । 

पोखरामा हुन लागेको साधारणसभामा विधान संशोधन गरी महिलाको प्रतिनिधित्वको विषय समावेश गर्नुपर्नेमा जोड दिएको अर्का केन्द्रीय सदस्य सिर्जना अर्यालले बताउनुभयो । महासङ्घको विधान संशोधन गरी सङ्घीय संरचनामा पूर्णरुपमा लैजान पनि सहभागीले जोड दिएका छन् । कार्यक्रमको बन्द सत्रमा ‘पत्रकारितामा महिला सभागिता ः विगतदेखि वर्तमानसम्म’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पत्रकार बबिता बस्नेतले नेतृत्वमा महिलालाई पु¥याउनुपर्नेमा जोड दिनुभएको थियो । 

बस्नेतले नेतृत्वमा महिला पुग्न नसक्नुका कारण प्रस्ट पार्दै नेतृत्वमा पु¥याउनका लागि गर्नुपर्ने कार्यका बारेमा पनि कार्यपत्रमा समेट्नुभएको छ । बन्द सत्रको समापन गर्दै नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बिपुल पोखरेलले पत्रकार बन्ने कि पत्रकारको नेता बन्ने भन्ने विषय तय गरेर काम गर्न सुझाव दिनुभयो । 

सो अवसरमा दिइएको तथ्याङ्कअनुसार सञ्चार क्षेत्रमा महिलाको सहभागिता निकै न्यून रहेको छ । फ्रिडम फोरमका मिडिया अनुगमन अधिकृत नानुमाया खड्काले सन् २०१८ मा पत्रिका, अनलाइन र मोफसलका पत्रिकाको अनुगमन गर्दा महिलाको सहभागिता न्यून रहेको पाइएको बताउनुभयो । फ्रिडम फोरमले नौ ब्रोडसिट पत्रिका, ६ अनलाइन र प्रदेशबाट प्रकाशित हुने २१ पत्रिकाको अनुगमन गरेको थियो । खड्काका अनुसार ती अनलाइन र पत्रिकामा महिलाको सहभागिता न्यून देखिएको हो । 

अनलाइनमा १८ प्रतिशत, ब्रोडसिट पत्रिकामा ९ प्रतिशत र प्रदेशका पत्रिकामा ११ प्रतिशत मात्र महिलाको बाइलाइन समाचार प्रकाशित भएको पाइएको छ । यसैगरी पत्रिकाको मुख्य पृष्ठमा २२ प्रतिशत महिलाका लेख समावेश भएका छन् भने स्रोतमा पनि महिला कमजोर देखिएका छन् । अनलाइनमा ११ प्रतिशत, ब्रोडसिटमा १२ प्रतिशत र प्रदेशका पत्रिकामा १४ प्रतिशत महिलाले स्रोत प्रयोग गरेको खड्काले बताउनुभयो । 

उहाँले महिलाका अधिकांश समाचार सामाजिक भएको भन्दै राजनीतिक समाचारमा पनि महिला कमजोर रहेको बताउनुभयो । मिडियामा महिलाको पहुँच कमजोर भएको उहाँले बताउनुभयो । क्रमशः महिलाको प्रतिनिधित्व बढ्दो रहे पनि सन्तोषजनक रुपमा बढ्न नसकेको उहाँको भनाइ थियो । बन्द सत्रमा प्रदेश नं २ बाहेक सबै प्रदेशका महिला उपाध्यक्षले रिपोर्टिङ गर्नुभएको थियो । आजै बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको भेला शुक्रबार पटिहानी घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।