७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारितामा महिलालाई गाह्रो



अ+ अ-

–नारायण अधिकारी 

चितवन पत्रकार महिलाले पत्रकारितामा टिक्न गाह्रो भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घको महिला विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय भेलाका सहभागी महिला पत्रकारले महिला सञ्चार क्षेत्रमा टिकिरहन समस्या भएको गुनासो गरेका हुन् । 

सहभागीले सबै सञ्चार गृहमा सिसु स्याहार केन्द्र हुनुपर्नेमा जोड दिएका थिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मधु शाहीका अनुसार अधिकांश सहभागीले महिला र पुरुष दुवैलाई हुने गरी सिसु स्याहार केन्द्र हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिमा ३३ प्रतिशत पदाधिकारी सुनिश्चित हुनुपर्नेमा पनि जोड दिएका छन् । 

पोखरामा हुन लागेको साधारणसभामा विधान संशोधन गरी महिलाको प्रतिनिधित्वको विषय समावेश गर्नुपर्नेमा जोड दिएको अर्का केन्द्रीय सदस्य सिर्जना अर्यालले बताउनुभयो । महासङ्घको विधान संशोधन गरी सङ्घीय संरचनामा पूर्णरुपमा लैजान पनि सहभागीले जोड दिएका छन् । कार्यक्रमको बन्द सत्रमा ‘पत्रकारितामा महिला सभागिता ः विगतदेखि वर्तमानसम्म’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पत्रकार बबिता बस्नेतले नेतृत्वमा महिलालाई पु¥याउनुपर्नेमा जोड दिनुभएको थियो । 

बस्नेतले नेतृत्वमा महिला पुग्न नसक्नुका कारण प्रस्ट पार्दै नेतृत्वमा पु¥याउनका लागि गर्नुपर्ने कार्यका बारेमा पनि कार्यपत्रमा समेट्नुभएको छ । बन्द सत्रको समापन गर्दै नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बिपुल पोखरेलले पत्रकार बन्ने कि पत्रकारको नेता बन्ने भन्ने विषय तय गरेर काम गर्न सुझाव दिनुभयो । 

सो अवसरमा दिइएको तथ्याङ्कअनुसार सञ्चार क्षेत्रमा महिलाको सहभागिता निकै न्यून रहेको छ । फ्रिडम फोरमका मिडिया अनुगमन अधिकृत नानुमाया खड्काले सन् २०१८ मा पत्रिका, अनलाइन र मोफसलका पत्रिकाको अनुगमन गर्दा महिलाको सहभागिता न्यून रहेको पाइएको बताउनुभयो । फ्रिडम फोरमले नौ ब्रोडसिट पत्रिका, ६ अनलाइन र प्रदेशबाट प्रकाशित हुने २१ पत्रिकाको अनुगमन गरेको थियो । खड्काका अनुसार ती अनलाइन र पत्रिकामा महिलाको सहभागिता न्यून देखिएको हो । 

अनलाइनमा १८ प्रतिशत, ब्रोडसिट पत्रिकामा ९ प्रतिशत र प्रदेशका पत्रिकामा ११ प्रतिशत मात्र महिलाको बाइलाइन समाचार प्रकाशित भएको पाइएको छ । यसैगरी पत्रिकाको मुख्य पृष्ठमा २२ प्रतिशत महिलाका लेख समावेश भएका छन् भने स्रोतमा पनि महिला कमजोर देखिएका छन् । अनलाइनमा ११ प्रतिशत, ब्रोडसिटमा १२ प्रतिशत र प्रदेशका पत्रिकामा १४ प्रतिशत महिलाले स्रोत प्रयोग गरेको खड्काले बताउनुभयो । 

उहाँले महिलाका अधिकांश समाचार सामाजिक भएको भन्दै राजनीतिक समाचारमा पनि महिला कमजोर रहेको बताउनुभयो । मिडियामा महिलाको पहुँच कमजोर भएको उहाँले बताउनुभयो । क्रमशः महिलाको प्रतिनिधित्व बढ्दो रहे पनि सन्तोषजनक रुपमा बढ्न नसकेको उहाँको भनाइ थियो । बन्द सत्रमा प्रदेश नं २ बाहेक सबै प्रदेशका महिला उपाध्यक्षले रिपोर्टिङ गर्नुभएको थियो । आजै बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको भेला शुक्रबार पटिहानी घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।